सत्यवती माविको सार्वजानिक लेखापरिक्षण सार्वजानिक

दमौली खबर संवाददाता

दमौली, असोज २४

दमौली स्थित सत्यवती माविको आव ०७९÷८० को सामाजिक परिक्षण सार्वजानिकरण तथा सरोकारवालाहरुको भेला मंगलबार सम्पन्न भएको छ ।

व्यास नगरपालिका वडा नम्बर २ को वडाध्यक्ष काशीराम श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । सो अवसरमा वडाध्यक्ष श्रेष्ठ सत्यवतीले आर्थिक पारदर्शीता कायम गर्दै देशकै नमुना शैक्षिक सस्थाको रुपमा स्थापित हुँदै गएकोमा खुसी व्यक्त गर्नु भएको थियो ।

सामाजिक लेखापरिक्षणको प्रतिवेदन शिक्षक अभिभावक संघका अध्यक्ष सोमराज सिग्देलले सार्वजानिक गर्नु भएको थियो । सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्ले, प्रधानाध्यापक पुष्पकला भट्टराई लगायतले मन्तव्य राख्नु भएको थियो ।

Show More

Related Articles

Back to top button