सुपर हिट मानहुँ डाडाँ

सफल पण्डित

दमौली । रमणीय पर्यटकिय गन्तव्य मानहु डाडा
अहिलेको समयमा देश देखि बिदेश सम्म भाइरल भैरहेको रमाइलो बादलको साथै सन राइज को दृश्य तनहुँ जिल्लामा पर्ने मानहु कोट डाडाको हो।मानहु डाडा तनहुँ जिल्लाको सदरमुकाम दमौली बजारको शिर हो। दमौली बजार बाट लगभग ७/८ किलोमिटर यो यात्रामा पुगिने मानहु डाडाको टुप्पो यो समयमा स्वोर्ग को टुक्रा भन्दा कम छैन।मानहु डाडा त हर मौसम अनि हर समय सुन्दर छ नै तर येतिबेला येस्को चर्चा चुलिएको छ।सामाजिक संजालहरुमा येस्कै भिडियो अनि फोटोहरु भाइरल हुँदै गैरहेको छ। देश बिदेश बाट उत्सुक हुँदै धेरैले कमेन्ट गरिरहेको देख्न सकिन्छ “कुन ठाउँ हो यो ?” भनेर।

बिस्तारै ब्ल्याक एन्ड ह्वाइट उज्यालो बाट सुरु हुने मानहु डाडा केहिबेर मै रंगीन अनि झलमल्ल हुन्छ।रातो सुर्यको टुक्रा अनि आफू भन्दा तल सेतो ढकमक्क बादल रङ्ग पोतेको जस्तै देखिन्छ।हरियो डाडा पाखा माथी रातो घाम तल सेतो बादल छेउमा ठूलो फलामे रेलिङ अनि टुप्पोमा मन्दिर, यो भन्दा सुन्दर दृश्य के हुन सक्छ र।  येति मात्रै कहाँ होर बादलको पर्दा खुलेर चलचित्र त देखिनै बाकी हुन्छ। चलचित्रको पात्रहरुमा दमौली बजारको मुख्य भुमिका छ भने मादी र सेती को दमौली सग को ट्र्याङल लभ। बाकी साना साना हरियो डाडा, पृथिबी हाइवे, मादी पुल अनि समथर फाटहरु भनेको साइड रोलमा। सुपर हिट हाम्रो मानहु डाडा।    लेखक स्थानिय युवा व्यवसायी हुन

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button