फोहोर उठाउनको कथा जो लकडाउनमा पनि लक भएनन्

व्यास नगरपालिका –५ शेराका ३१ वर्षीय सुर्यबहादुर कुमाल सवेरै ६ बजे दमौली बजार झर्छन् । उनी आईपुग्दा दमौली बजार उठिसकेको हुदैन् । निदाईरहेका शहरबासीले गरेको फोहोरले सुर्यबहादुरलाई पर्खिरहेको हुन्छ । सुर्यबहादुरको दैनिकी सुरु हुन्छ ट्याक्टरमा हर्न बजाउदै । बजारभर डुल्छन उनी फोहोर उठाउन् । हरेक घरबाट फोहरको डुंगुर लिएर आउछन् उनको ट्याक्टर जता जान्छ त्यतै । दमौली बजारको फोहोर उठाएर डम्पिङ्ग साईडमा पु¥याउँछन् उनले । ११ बर्षदेखी उनको दैनिकी यसरी नै वितेको छ ।

बजारबासीले फोहोर उठाउने भनेर सुर्यबहादुरलाई तुच्छ व्यवहार गर्छन् । तर, उनले फोहोर नउठाएसम्म बजार सफा हुदैँन् । सुर्यबहादुर जस्तै दमौलीको फोहोर उठाउने १६ जनाको सरसफाई टिम छ । त्यही टिम हरेक दिन दमौली बजारलाई सफासुग्घर राख्न खटिन्छ । लकडाउनको बेला दमौली बजार ‘लक’ भयो । कोरोना सर्ने भयले दमौलीवासी घरबाट बाहिर निस्कन डराए । तर, सुर्यबहादुरको टिम कहिल्यै घर बसेन । कोरोनासंग पनि डराएन् । बजार सफा राख्न अहोरात्र खटिरह्यो । ‘लकडाउनको बेला पनि एक दिन घर बसेनौँ । हरेक दिन बजारको सरसफाईमा खटियौं’, कुमालले भने ।

उनको विचारमा काम सानो ठुलो भन्ने हुदैँन् । हुन्छ त केवल विचार । उनी अगाडी थप्छन्, ‘काम सानो ठुलो हुदैन । फोहोर उठाएर जिन्दगी निर्वाहा गर्दैमा सानो भईदैन । सानो सोच्नेको सोचाईचाही कमजोर हो बरु ।’ आफ्नै घरबाट निस्किएको फोहोरलाई अरुले छिछि र दुरदुर गरेपनि आफुले बजारभरको फोहोर व्यवस्थापन गर्दा आफुलाई सन्तुष्टि मिल्ने बताउँछन् । ‘सुरुको समयमा त फोहोर उठाउने भन्ने वित्तिकै मानिसले फरक नजरले हेर्थे । फोहोर व्यवस्थापनको काम गर्ने मानिसलाई गर्ने व्यवहार नै तल्लो स्तरको थियो । अहिले धेरै परिवर्तन भएको छ’, उनले सुनाए ।

मानिसले सुर्यबहादुर फोहरी भनेर नजिक उडाउथे । तर, आफ्नो मस्तिष्कले गलत काम गरेको छैन् भनेर ढुक्क हुन्थे उनी । फोहर व्यवस्थापन गर्नु सामाजिक काम ठानेर गर्विलो महसुस हुन्थ्यो जहिले उनलाई । सुर्यकुमार जस्तै जीवन कुमाल व्यास नगरपालिकाको सरसफाईमा खटिन्छन् । यही कामले उनको जिन्दगी चलेको छ । तसर्थ उनले आफ्नो कामलाई सानो सोच्दैनन् कहिल्यै पनि । आफुले गरेको काममा खुशी रहेको उनले बताए ।

नगरपालिकाको बजार क्षेत्रमा पर्ने वडाहरु १, २,३,४ र ५ बाट दैनिक १० टन फोहोर संकलन हुन्छ । दैनिक फोहोर नउठाउने हो भने चोक चोकमा डुङ्गुर थुप्रिन्छ । दुर्गन्ध फैलन्छ बजारभर । त्यसको प्रभाव सामाजिक सञ्जालमा पनि देखिनछ । फोटो छ्याप्छ्पाप्ती फेसबुकको भित्तामा पोस्टिन्छ । घरबाट निस्किेको फोहोर बाहिर मिल्काउनेहरु निर्धक्क नगरपालिकाको आलोचना गर्न तम्सिनछन् ।

केही महिना अगाडीसम्म व्यास नगरपालिकाले फोहोर विसर्जन गर्दै आएको भतेरी मादी नदीले कटान गरिदिएपछि बजार क्षेत्रबाट फोहोर उठाउन समस्या थियो । त्यतिबेला व्यास नगरपालिकाका चोकचोकमा फोहोरको थुप्रो देखियो । अहिले नगरपालिकाले व्यास– १ मा व्यक्तिगत जग्गामा डम्पिङ्ग गर्ने थालिएको छ । बजार फोहोर गर्नेले नै बजार सफा राख्न फोहोर उठाउनेलाई तल्लोस्तरको व्यवहार गर्नु अमानविय छ । काम ठुलो सानो हुदैँन् । त्यो त सोचमा निर्भर हुन्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button