इन्सेकद्वारा अनुगमन तथा पर्यवेक्षक अभिमुखीकरण

दमौली खबर संवाददाता
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गन्डकी प्रदेश कार्यालय पोखराले तनहुँ जिल्लाको निर्वाचन कार्यक्रम अनुगमन र जिल्लाका निर्वाचन पर्यवेक्षकहरुका लागि अभिमुखिकरण कार्यक्रम मंगलबार दमौलीमा सम्पन्न गरेको छ ।
अभिमुखिकरण कार्यक्रममा इन्सेक गन्डकी प्रदेश कार्यलयका संयोजक शिव खकुरेलले निर्वाचन आचारसंहिता तथा पर्यवेक्षकहरुको दायित्व र पर्यवेक्षहरुले ध्यान दिनुपर्ने कुराहरुमा प्रस्तुतीकरण गर्नु भएको थियो ।
निर्वाचन पूर्व, निर्वाचनको दिन तथा निर्वाचन पछिका अवधिमा ध्यान दिनुपर्ने तथा निर्वाचन पश्चात मतगणना स्थलमा ध्यान दिनुपर्ने कुराहरुमा पर्यवेक्षण कार्यलाई प्रभावकारी बनाउनु पर्ने उहाँले बताउनु भयो ।
इन्सेक गन्डकी प्रदेश कार्यलयका कार्यक्रम फोकल पर्सन सवनम शर्माले निर्वाचन पर्यवेक्षण अवलोकन प्रतिवेदन फारमको बारेमा सहजिकरण गर्नु भएको थियो । सो अवसरमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) तनहँु जिल्ला अध्यक्ष सोनी शर्माले पर्यबेक्षकको आचार संहिताको बारेमा जानकारी गराउनु भएको थियो । सो कार्यक्रममा तनहँुका ८ जना निर्वाचन पर्यवेक्षकहरुको सहभागिता रहेको थियो ।
यसैबिच इन्सेक गन्डकी प्रदेश संयोजक खकुरेलको नेतृत्वमा कार्यक्रम फोकल सवनम शर्मा र इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराईको टोलीले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश शर्मासँग भेट गरि जिल्लाको शान्ति सुरक्षा र निर्वाचनको तयारीका सन्दर्भमा छलफल गरेका थिए ।
भेटघाटमा प्रजिअ शर्माले जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी तीन तहको सुरक्षा घेरामा मतदानको तयारी गरिएको बताउनु भयो । तीन ओटै सुरक्षाकर्मी बिचको समन्वय गरी शान्तिपुर्ण तबरले निर्वाचन सम्पन्न गराउने गरी जिल्लाको शान्ति सुरक्षालाई कडा पारिएको उहाँले जानकारी दिनु भयो । उहाँले गत निर्वाचन भन्दा शान्ति सुरक्षाको व्यवस्था व्यवस्थित बनाइने र निर्वाचन विरोधी क्रियाकलाप अहिलेसम्म नभएको जानकारी दिनु भयो ।
त्यसैगरि जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालसँग पनि भेट गरि निर्वाचनको तयारीको बारेमा जानकारी लिईएको थियो । सो अवसरमा ढकालले निर्वाचनको सबै तयारी तिब्र गतिमा भईरहेको र कार्तिक ३० गते दुबै निर्वाचन क्षेत्रमा निर्वाचन सामाग्री वितरण गरिने बताउनु भयो ।
कर्मचारीहरुको परिचालन भईसकेको र मंसिर १ गते सबै कर्मचारी मतदान केन्द्रमा खटिइसक्ने ढकालले बताउनु भयो । तनहुुँमा निर्वाचन आचार संहिता उल्लंघन भएको भन्दै नौ वटा उजुरी परेको र ति उजुरी उपर स्पष्टिकरण र छानविन भईहरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख ढकालले बताउनु भयो ।
यसैगरि इन्सेक टोलीले जिल्ला कारागार गौरका कारागार प्रमुख नारयण अधिकारीसँग भेटि कारागारमा कैदीबन्दीको निर्वाचनमा मतदान गर्ने अधिकारको सन्दर्भमा छलफल गरेको थियो । कारागार प्रमुख अधिकारीले कागारमा रहेका २ सय ९४ कैदीबन्दी मध्ये ५५ जनाले मतदान गर्न पाउने भएको जानकारी दिनु भयो । अन्यको मतदाता नामावलीमा नाम नरहेको कारण मतदानबाट बन्चित हुने अधिकारीले जानकारी दिनु भयो । गत निर्वाचनमा कैदी बन्दीहरुलाई सो अधिकार नरहेकोले यो निर्वाचनदेखि सो व्यवस्था भएकोले कैदी बन्दीहरु खुशी भएको अधिकारीले बताउनु भयो ।
इन्सेक गन्डकी प्रदेश संयोजकलाई कारागारको महिला ब्लकमा पुस्तकालको व्यवस्थापन नभएको हुँदा पुस्तकालय सन्चालनको लागि पहल गर्न कारागार प्रमुख अधिकारीले अनुरोध गर्नु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button