तनहुँमा पनि अफ्रिकन स्वाइन फिभर फैलियो, २२ बंगुर मरे

दमौली खबर संवाददाता

दमौली, पुस २५ । तनहुँमा अफ्रिकन स्वाइन फिभर रोग फैलिएको छ । यो रोगले धमाधम बंगुर मर्न थालेपछि कृषकहरु चिन्तित भएका छन् । छोटो अवधिमै जिल्लामा तीन बंगुरपालन कृषकका २२ वटा बंगुर मरिसकेका छन् । जिल्लाको भीमाद नगरपालिका–६ मा ८ र म्याग्दे–५ मा गाउँपालिकामा १४ गरी सो संख्यामा बंगुर मरेको भेटेरिनरी तथा पशु बिज्ञ केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार म्याग्दे गाउँपालिका–५ का जगत थापाको ११ ,सोही वडाका कृषक गोरे कुमालको तीन र भीमाद नगरपालिका–६ का सुरबीर थापाको आठ वटा बंगुर उत्त रोगले मरेको छ ।

भीमाद नगरपालिकाम एक साता अघि जिल्लामा पहिलो पटक र म्याग्दे गाउँपालिकामा आज अफ्रिकन स्वाइन फिभर संक्रमणबाट बंगुर मरेको भेटेरिनरी तथा पशु बिज्ञ केन्द्रका प्रमुख डा.बालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button