प्रदेश लोकसेवा आयोगको सदस्यमा लम्साल सिफारिस

गण्डकी प्रदेश सरकारले प्रदेश लोक सेवा आयोग अध्यक्षमा स्याङ्जाका विष्णुप्रसाद नेपाललाई नियुक्त गरेको छ । आयोग अध्यक्षलाई आइतबार सपथ खुवाउने कार्यक्रम तय गरिएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । प्रदेश सरकारको प्रमुख सचिवबाट चैत २ गतेबाट उमेर हदका कारण अवकाश पाएका नेपाललाई गण्डकी सरकारले अध्यक्षमा नियुक्त गरेको हो । सदस्यमा कल्पना लम्सालको नाम सिफारिस भएको छ । लम्साल व्यास १ विज्ञानचौक स्थित आदिकवि भानुभक्त क्याम्पसको सहायक प्रमुख हुन् ।

अर्काे १ सदस्यको भने नाम सार्वजनिक गरिएको छैन । आयोगको अध्यक्ष र सदस्यको नियुक्तिका लागि मुख्यमन्त्रीको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति रहने कानुनी प्रावधान छ । जसमा प्रदेश सभाका सभामुख र प्रदेश सभाको विपक्षी दलका नेता सदस्य रहने व्यवस्था छ । यही समितिले अध्यक्षमा नेपालको नाम सिफारिस गरेको हो । ३ सदस्यीय आयोगमा अध्यक्ष वा सदस्यमध्ये कम्तीमा १ जना महिला हुनुपर्ने व्यवस्था गरिएको छ ।

आयोग बढीमा ३ सदस्यीय रहनेछ । अध्यक्ष र सदस्यको पदावधि ६ वर्ष हुन्छ । प्रदेश निजामती सेवा, प्रदेश प्रहरी सेवा, प्रदेशको अन्य सरकारी सेवा, प्रदेश संगसठत संस्थाको सेवा, स्थानीय सरकारी सेवा, तथा स्थानीय तहको संगठित संस्थाको पदमा उपयुक्त उम्मेदवार छनोटमा स्वच्छता तथा निश्पक्षता कायम गरी योग्यत प्रणालीलाई प्रवद्र्धन गर्दै सार्वजनिक प्रशासनलाई सक्षम, सुदृढ र सेवामुखी बनाउन प्रदेश लोकसेवा आयोग गठन भएको हो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button