केशवटार कृषि सहकारी संस्थाको अध्यक्षमा थापा

दमौली खबर संवाददाता

व्यास नगरपालिका–१४ स्थित केशवटार कृषि सहकारी संस्था लिमिटेडको ११ औ वार्षिक साधारणसभा तथा छैटो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सन्तोष थापाको नेतृत्वमा ७ सदस्यीय कार्यसमिती चयन गरेको छ । संस्थाको अध्यक्ष पुण्यप्रसाद भट्टराईको अध्यक्षतामा भएको अधिवेशनमा व्यास १४ को वडाध्यक्ष काजीमान श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

अधिवेशनवाट उपाध्यक्षमा सुकुमाया थापा, सचिवमा सरास्वती थापा, कोषाध्यक्षमा रमेश सुनार चयन भएका छन् भने सदस्यहरुमा राजकुमार आले, योगमाया थापा र नर वहादुर घर्ति चयन भएका छन् ।

यसैगरि अधिवेशनले ऋण तथा लेखा समितीको संयोजकमा सुजा श्रेष्ठ र सदस्यहरुमा राम आले र अनिता आले लाई चयन गरेको छ ।

कार्यक्रमका वडाध्यक्ष श्रेष्ठले संस्थाले कृषिको क्षेत्रमा सहनिय भुमिका खेलेको र अगामी दिनमा पनि अझ परिस्कृत काम गर्ने विश्वास गर्नुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button