पत्रकार पवन माथि भएको दुर्व्यवहारप्रति महासंघ र युनियनको निन्दा

दमौली खबर संवाददात

सैनिक दौडिरहेको दृश्य खिच्ने क्रममा दमौलीका पत्रकार पवन पौडेलमाथि भएको े दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघ तनहँु शाखाले निन्दा गरेको छ । बुधबार बिहान व्यास ५ चापाघाट स्थित रहेको नेपाली सेनाको कालीभञ्जन गणका क्याप्टेन विजय थापाले दमौली भेट्घाट चोकस्थित सार्वजनिक सडकमा ट्रयाक सुट लगाएर दौडिरहेको दृश्य खिचेका दमौली न्युजका सम्पादक पौडेलमाथि दुव्र्यवहार गरेका थिए । उनले एक्कासीे क्यामेरा खोसेर दृश्य हटाउनुका साथै दुव्र्यवहार गरेको पत्रकार पौडेलको भनाइ छ ।

क्याप्टेन थापाले फोटो र भिडियो खिच्न पाइँदैन भन्दै एक्कासी खिचेको फोटो र भिडियो हटाउन लगाएको उनले बताए । उक्त घटनाको निन्दा गर्दै पत्रकार महासंघ तनहँुले र नेपाल प्रेस युनियन, विज्ञप्ती जारी गरेको छ । महासंघ तनहँुका अध्यक्ष ओमकार आर्चाय र सचिव उज्वल पौडेलद्धारा एक विज्ञप्ती निकाल्दै घटनाको निन्दा गरेका हुन् । विज्ञप्तिमा पत्रकार पौडेलमाथिको घटनाले निर्वाध ढंगले समाचार संकलन गर्ने कार्यमा अवरोध श्रृजना गर्ने मात्र नभै संविधानप्रदत्त मौलिक हकसहित प्रेस स्वतन्त्रतालाई नै कुण्ठित गर्न खोजेको ठहर गरिएको छ । विज्ञप्तिमा दुव्यर्वहार गर्ने सैनिकमाथि आवश्यक कार्वाही गर्न नेपाली सेनासँग मागसमेत गरिएको छ ।

त्यस्तै प्रेस युनियनका जिल्ला अध्यक्ष अमरराज नहर्कीले पनि एक विज्ञप्ति सार्वजनिक गदै घटनाको निन्दा गरेका छन् । सञ्चार जगत समेतको सक्रिय सहभागीतामा देशमा लोकतन्त्र अभ्यासमा रहेका बेला यसरी सार्वजनिक स्थलमा रिपोर्टिङकै क्रममा पत्रकारमाथि हुने दुव्र्यवहारले लोकतन्त्रलाई नै गिज्याएको विज्ञप्तिमा उल्लेख छ । यस्ता घटनाले लोकतन्त्र र कानुनी शासनको उपहास गर्दै निरंकुशतालाई बढावा दिने र प्रेस स्वतन्त्रतालाई झनै अंकुशमा पार्ने युनियनको ठहर गरेको छ ।

विज्ञप्तिमा नेपालको संविधानमा मौलिक हक अन्र्तगत प्रस्तावनामै उल्लेखित पूर्ण प्रेस स्वतन्त्रतालाई खिल्ली उडाउँदै घटाइएको यो घटना प्रेस स्वतन्त्रतामाथिको ज्यादती भएको ठहर गरिएको छ । घटनामा संलग्न सैनिक अधिकारीमाथि तत्काल कानुनी कारवाही गर्न र विधिको शासन, लोकतन्त्र र प्रेस स्वतन्त्रताको उपहासका घटना नदोहो¥याउन विज्ञप्तिमा माग गरिएको छ । गणका गणपति विनोद गुरुङले क्याप्टेन थापाबाट गल्ती भएको स्वीकार गरेका छन् । ‘नियत खराब होइन,’ उनले भने,‘तर गल्ती भएकाले क्षमायाचना गर्दछौं ।’

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button