भोली सहिद दिवसमा छैटौं व्यास नगर अल्टा म्याराथन प्रतियोगिता हुँदै

दमौली खबर संवाददाता

दमौली, माघ १४

सहिद दिवसको उपलक्ष्यमा भोली माघ १६ गते व्यास नगर अल्टा म्याराथनको हुँदै छ । व्यास नगरपालिकाको आयोजनामा प्रतियोगिता गर्न लागिएको हो ।

प्रर्यटन प्रबद्र्धन गर्ने उद्वेश्यले व्यास नगरपालिकाको वडा नम्बर ५ को मानहुँदेखि वडा नम्बर –८ को सहिदग्राम पुलिमराङ्गसम्मको ४४ किमी दुरीमा म्याराथन आयोजना गरेको हो । नगरपालिकाले खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विगत पाँच बर्षदेखि शुरुवात गरेको म्याराथनलाई यसबर्ष पनि निरन्तरता दिन लागेको हो । नगर प्रमुख बैकुण्ठनाथ न्यौपानेले पर्यटकीय गाउँ मानहुँ र सहिदहरुको गाउँ पुलिमराङलाई खेलकुदको माध्यमबाट जोड्दै पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले म्याराथन आयोजना गरिएको जानकारी दिनुभयो ।

विगतमा गदै आएको म्याराथनले मानहँुकोटको पर्यटकीय प्रर्वद्दनमा ठूलो सहयोग पुग्ने बिश्वास गरिएको नगर प्रमुख न्यौपाने बताउनुहुन्छ ।

मानहुँकोट देखि सिद्धमार्ग हुदै अलैचे,चापाघाट,पृथ्वीराजमार्ग हुदै दुर्गा मन्दिर अनसन चौतारी,सफासडक,भोर्लेटार चोक,व्यास मार्ग हुदै बैरेनी दुम्सी खहरे,कलेस्ती बोटेटार,पाथ्रा सत्रसय,कालिका मार्ग हुदै बर्लाछी सोतीबेसी,बगुवा रिस्ती,बाहुन पोखरा हुदै पुलिमराड सहिद स्मारक पार्कमा पुगेर टुङ्गिने छ ।

गतबर्षसम्म म्याथनमा राष्ट्रिय धावक सहभागि गराइएपनि यसबर्ष जिल्लाभित्रका धावकलाई मात्रै सहभागि गराइने प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिनुभयो । खर्चमा मितव्ययी गर्न जिल्लाका खेलाडीलाई मात्र भाग लिने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम पुरस्कार ६१ हजार द्वितीय ५१ हजार तृतीय ३८ हजार र सान्तवना तीन जनालाई जनही १२ हजार पाँच सयका दरले प्रदान गरिने गरिने नगरपालिकाले जनाएको छ । नगर पालिकाका अनुसार माघ १६ गते बिहान ७ ः ३० बजेदेखि म्याराथन शुरु हुनेछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button