शोकमा रहेको बगाले परिवारलाई भेट गरी कांग्रेस तनहुँद्धारा समवेदना व्यक्त

दमौली खबर संवाददाता
दमौली, मंसिर १९
नेपाली काँग्रेस तनँहुद्धारा आज व्यास नगरपालिकाको वडा नं ८ बर्लाची निवासी शोकमा रहेका बगाले परिवारलाई भेट गरी समवेदना व्यक्त गरेको छ । कांग्रेस तनहुँको एक टोली भेट गरी स्व. आत्माको चिरशान्तिको कामना सहित शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ हो  ।
 नेपाली काँग्रेस कालिका टोल कार्य समितिका सभापति कुलचन्द्र वगाले, शिक्षक रामचन्द्र वगालेकी ममतामयी माता तथा व्यास नगरपालिका वडा नं ८ का सह सचिव  पारशमणि वगालेकी हजुर आमा टिका माया वगालेको  निधनको आज १३ औ पुण्य तिथिका दिन कांग्रेस तनहुँको टोलीले भेटर समवेदना व्यक्त गरेको थियो । नेपाली काँग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठले नेपाली काँग्रेस तनहुँका तर्फबाट स्व. टिका माया प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना दिनुभएको थियो साथै उहाँले स्व. टिका माया र उहाँको परिवारले लोकतन्त्रको स्थापना तथा पुर्न स्थापनामा पु्रयाएको योगदानको चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस तनहुँका प्रवक्ता हरि वाग्ले, जिल्ला सदस्य हुतमणि अधिकारी, क्षेत्रीय प्रतिनिधि श्री कृष्ण सोति लगायतका नेताहरुले पनि भेट गरी समवेदना प्रकट गर्नु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button