शिक्षक संघ व्यासको अध्यक्षमा पौडेल र सचिवमा रुपा निर्वाचित

दमौली खबर संवाददाता

दमौली, माघ १४

नेपाल शिक्षक संघ व्यास नगरपालिको अध्यक्ष सत्यवती माविका निर्वमान प्रधानाध्यापक इन्द्रप्रसाद पौडेल निर्वाचित हुनु भएको छ । चौथो नगर अधिवेशनले पौडेललाई चयन गरेको हो । शनिबार गरिएको निर्वाचनमा पौडेल भारी मतान्तरले विजयी हुनुभएको थियो ।

कूल मतदाता छ सय ६२ रहेकोमा खसेको पाँच सय २६ मतमा पौडेलले तीन सय ६८ मत पाएर बिजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्दी बलराम वाग्लेले १५३ मत पाउनुभएको थियो ।

त्यसैगरीमा सचिव पदकी उम्मेदवार रुपा घिमिरेले तीन सय ६८ मत पाएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी बुद्धिबहादुर बरालीले एक सय ३७ मत पाउनुभएको निर्वाचन समितिका संयोजक हरिराज काफ्लेले जानकारी दिनुभयो । अन्य पदहरुमा भने सर्वसम्मत चयन भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button