वारी ज्यान मुद्दामा फरार रहेका दुई जना पक्राउ

दमौली खबर संवाददाता

दमौली, माघ १४

तनहुँ प्रहरीले सवारी ज्यान मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका १० लालिम बस्ने २३ वर्षीय हर्कबहादुर भुजेल भन्ने हर्ख बहादुर घर्ती र सोही नगरपालिका वडा नं. १२ बस्ने ५१ वर्षीय नुमबहादुर गुरुङलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । ५ वर्षदेखि फरार रहेका हर्खबहादुर र १९ वर्षदेखि फरार रहेका नुमबहादुरलाई प्रहरीले पक्राउ गरेको हो ।

२०७४ साउन १३ गते तनहुँको शुक्लागण्डकी नगरपालिका १० लालिममा चालक हर्कबहादुर भुजेलले चलाएको ग १ त ३३२४ नम्बरको ट्याक्टर अनियन्त्रित भइ दुर्घटना हुँदा उक्त ट्याक्टरमा सवार सोही ठाउँका १२ वर्षीय भुपालजंग गुरुङ र १५ वर्षीय डम्बरबहादुर गुरुङको ट्याक्टरले किचेर घटनास्थलमै मृत्यु भएपछि हर्ख बहादुर फरार हुदै आएका थिए । उनिहरुलाई घर नजिकै लुकिछिपी गरेको अवस्थामा प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

त्यस्तै २०६० फागुन २१ गते शुक्लागण्डकी नगरपालिका २ गाछेपानी स्थित नुमबहादुरले चलाएको ग १ प ४७२३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार फिरफिरेका १६ वर्षीय रेशमबहादुर गुरुङको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएपछि उनी फरार हुदै आएका थिए । उनलाई पनि घर नजिकै लुकी छिपी गरेको अवस्थामा प्रहरीले पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।

पक्राउ गरिएका मध्ये तनहुँ जिल्ला अदालतमा पेश गरिएका हर्ख बहादुरलाई ६ दिन र नुमबहादुरलाई ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रनाउ खड्काले बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button