सभापति पण्डितद्धारा विपी विचार समाजको पुर्नगठन

दमौली खबर संवाददाता
दमौली, मंसिर १२ । विपी विचार समाज तनुहँको सोमबार पुनर्गठन गरिएको छ । समाजका सभापति हरिशरण पण्डितले विधानको दफा १३ बमोजिम समाजको २१ सदस्यिय कार्य समिति पुनर्गठन गर्नु भएको हो ।
     नवगठित समाजको उपसभापतिमा क्याप्टेन रेशमबहादुर गुरुङ, सचिवमा कमलभक्त पोख्रेल, कोषाध्यक्षमा भिमकुमार श्रेष्ठ, सहसचिवमा केशमाया गुरुङ केसु चयन हुनु भएको छ । यसैगरी सदस्यहरुमा रघुबहादुर केसी, सोलबहादुर चितौरे, कृष्णप्रसाद सोती, इन्द्रप्रसाद पौडेल, नरनाथ काफ्ले, रामदेव पन्थ, इन्द्रबहादुर दरै, तुलबहादुर गुरुङ, हरिप्रसाद भण्डारी, कृष्णप्रसाद भट्टराई, लिलचन्द्र पाण्डे, विष्णुप्रसाद श्रेष्ठ, सिताराम बानिया, खुमराज पोख्रेल, विजयराज भट्टराई र आरती थापा चयन हुनु भएको छ । क्षेत्रीय सभापतिहरु क्षेत्र नम्बर १ तनहुँमा केशरबहादुर गुरुङ र क्षेत्र नम्बर २ मा नरेन्द्र थापालाई यथावत कायम गरिएको छ । यस्तै पदेन सदस्यहरुमा समाजका केन्द्रीय सदस्यद्धय बालकुमारी लोहनी र शुकुमलाल गुरुङ रहनु भएको छ । केन्द्रीय सदस्य पदेन सदस्य रहेने विधानले व्यवस्था रहेको समाजले जनाएको छ ।
यसैगरी सभापति पण्डितले आमन्त्रित सदस्यहरुमा धु्रबकुमार श्रेष्ठ, सुनाराम गुरुङ, कमल खनाल, दिर्घबहादुर थापा क्षत्री, पञ्चबहादुर गुरुङ(आँबुखैरेनी), पञ्चबहादुर गुरुङ(व्यास), कृष्णप्रसाद न्यौपाने, कटकबहादुर थापा, डिलमाया गुरुङ र लिलाराज पाण्डेलाई मनोनित गर्नु भएको छ ।
 यसैगरी सबै सल्लाहकारहरुलाई यथावत कायम राखिएको छ । समाजको पालिका र वडास्तरीय समितिहरुलाई यथावत कायम राखी आवश्यकता अनुुसार विधानको परिधिभित्र रही कार्य समिति पुर्नगठन गर्न समेत सम्बन्धित सभापतिहरुलाई निर्देशन दिईएको समाजका सभापति पण्डितले जानकारी दिनुभयो । समाजको संरक्षक तथा विपी विचार राष्ट्रिय समाजका सहसभापति गोविन्दराज जोशी र तनहुँ समाजको सस्थापक सभापति तथा संविधान सभा सदस्य उर्मिला थापाको सो अवसरमा विशेष उपस्थिती रहेको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button