किसान नेता रेग्मीको निधनप्रति पूर्व गृह मन्त्री जोशीद्धारा दुःख व्यक्त

नेपाल किसान संघ तनहुँका सभापति गौरवराज रेग्मीको निधन प्रति नेपाली कांगे्रसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले दुःख व्यक्त गरेका छन् । नेता जोशीले एक विज्ञप्ती सार्वजनिक गदै रेग्मको निधनले तनहँुको प्रजातान्त्रिक आन्दोलनलाइ अपुरणिय क्षति पुगेको बताए । उनले भने,‘नेपाली काँगे्रसको संगठनमा पन्चायत कालका ति कठिन दिनहरुमा सँगै काधमा काध मिलाएर पार्टी संगठन एवंम बिकास निर्माणमा जिवनभर अथक प्रयास गर्ने नेताका रुपमा रेग्मी रहेका छन् । ’ नेपाल रेडक्रस सोसाइटी तनहुँका पूर्व उप सभापति समेत रहेका रेग्मीको उपचारका क्रममा पोखरा पश्चिमाञ्चल सामुदायिक अस्पतलमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । मुटुको समस्या देखिएपछि उनलाई उपचारका लागि शनिबार लगिएकामा आईतबार विहान पाँच बजे अस्पतालमै निधन भएको बताइएको छ ।

यसै गरि बि. पि विचार समाज तनहँुले नेता रेग्मिको निधनले एक अथक प्रजात्रान्त्रिक योद्धा, समाजसेवि,शिक्षा प्रेमि व्यक्तित्व तनहँुले गुमाएको निस्कर्ष निकालेको छ।े नेता रेग्मिको निधनले एक सच्चा देशभक्त गुमाएको समाजका सचिब हरिशरण पण्डितले बताए । ७७ वर्षका रेग्मी साविक मनपाङ गाउँ पञ्चायतका पूर्व प्रधानपञ्च पनि थिए । उनी नेपाली कांग्रेसका जिल्ला सदस्यसँगै रेक्रडक्रस सोसाइटी तनहुँका उप सभापति लगायत विभिन्न सामाजिक संघ संस्थामा जिम्मेवारीमा रहिसकेका थिए । कांग्रेसको नेतृत्वमा भएका प्रजातान्त्रिक आन्दोलनमा रेग्मीको सक्रिय र महत्वपूर्ण सहभागीता रहने उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । साँगे निवासी रेग्मीको आईतबार व्यास ५ स्थित बेनीघाटमा अन्त्येष्टि गरिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button