राजनीतिक प्रतिशोध साध्न नेपाल पक्षकी निर्वतमान संसादलाई दुस्प्रचार गर्ने प्रयास


राजेन्द्र परियार

जेठ १७ दमौली

प्रधानमन्त्री केपी ओलीले कारर्बही गरेका नेकपा एमालेका बरिष्ठ नेता माधब नेपाल पक्षको तनहुँकी निर्वतमान सांसद कलिला खानले आफु प्रति राजनीतिक प्रतिशोध साध्न दुस्प्रचारको प्रयास गरिएको बताएकी छिन् । माधव नेपाल पक्षबाट समानुपातिक संसाद बनेकी खानले आफुले केपी लाई विश्वासको मत नदिदा आफु प्रति जिल्लमा ओली पक्षका नेता तथा पत्रकारहरुले विभिन्न टिकाटिप्पणी गर्दै दुस्प्रचारमा लागेका बताएकी छिन् । उनले भनिन ” केपी पक्षका नेताहरुले मलाई धेरै लोभ लालच दिनु भयो र केपी ओलीलाई भोट दिन आग्रह गर्नु भयो । म माधव पक्षबाट सांसद बनेको हु । उहाँलाई छोडेर ओली पक्षमा जाने कुरानै भएन । त्यसैले मैले ओलीलाई विश्वासको मत दिन सकिन त्यही भएर मलाई उनका आसेपाले बदनाम गराउने खेलमा लागेका छन् । “

” केही साता अघि देखी मलाई सामाजिक संजालमा बदनाम गराउने खेल भइरहेको छ । विभिन्न व्यक्तिको फेस्बुक अकाउटबाट मेरो चरित्र हत्या गर्ने प्रयास गरी रहेका छन् । मेलै म माथि साइबर अपराध भयो भनेर तनहुँ प्रहरी समक्ष्य पनि सहयोगको आग्रह गरे तर प्रहरीबाट राखेको अपेक्ष भन्दा फरक पाए । तर यो कुराहरुबाट म कत्ति पनि हत्तोसाहित भएको छैन् । उनले थपिन “। उनले समाधन अस्पतालमा आफ्नो नाम जोडेर बदनाम गराउन लागिएको बताइन् । उनले स्पष्टिकरण दिदै भनिन् मेरो बाबुनानी र उनको साथीहरुको सेयरमा खोलीएको अस्पताल हो त्यहाँ मेरो व्यक्तिगत केही पनि लगानी छैन । हिजै मात्र पिसिआर परिक्षणको शुल्कको बिषयमा पनि बदनामाको खेल खेल्न लागे । जिल्लाका सबै निजी अस्पतालहरुले परिक्षण शुल्क चार हजार लिने गरेका छन् । समाधान अस्पतालले पनि चार हजार लिएको रहेछ । मेरो नाम जोडेर बदनाम गर्न लागिएको छ । सबै कुराको हिबास राखेको छु । समयले जबाफ दिने छ उनले दमौली खबरलाई बताईन् ।
दमौली खबरका लागि संचारकर्मी राजेन्द्र परियरले निर्वतमान सांसद कलिला खान संग गरिएको अन्तरबार्ता ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button