विपन्न विद्यार्थीको सारथी जीवनसेवा

दमौली खबर संम्बददाता
साउन २१, दमौली ।
व्यास–१ विज्ञानचौर स्थित रहेको आदिकवि भानुभक्त क्याम्पसमा रहेको जीवनसेवा संस्थाले सोही क्याम्पसमा अध्ययनरत विपन्न विद्यार्थीलाई सहयोग गरेको छ । जीवन सेवा अभियान अन्र्तगत क्याम्पसमा अध्यनरत रहेका विद्यार्थीले संचालन गरेको जीवनसेवा अभियान मार्फत कक्षा ११ व्यवस्थापन विभागमा अध्ययनरत रेखा सोनामलाई पाँच हजार सहयोग गरिएको हो ।

आर्थिक समस्याका कारण विद्यार्थी अध्ययनबाट वन्चित नहुन् भन्नका लागि सहयोग गरिएको अभियानका संस्थापक राजेशकुमार श्रेष्ठले जानकारी दिए । सेवा भाव , नैतिकता र विद्यार्थीको शैक्षिक क्षेत्रप्रतिको अवरोधको पहिचान गर्ने र आर्थिक तथा मानसिक समस्याको समाधान गर्ने अभियानका साथ क्याम्पसमा अध्यनरत विपन्न विद्यार्थीको पढाईलाई निरन्तरता दिन सहयोग गदै आइरहेको उनले बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button