लागुऔषध सहित तीन युवक पक्राउ

जिल्लाको शुक्लागण्डकी नगरपालिका ४ कोत्रेबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका ४ निवासी २१ वर्षीय सन्तोष गुरुङ, शुक्लागण्डकी नगरपालिका ५ निवासी ३० वर्षीय मनोज क्षेत्री र गोरखा आरुपोखरीथोक घरभई शुक्लागण्डकी नगरपालिका २ हलेदी निवासी ३० वर्षीय रवि गुरुङ रहेका छन् । उनीहरुको साथबाट १ सय ४ थान डाईजापाम, ८९ थान नुफिन र ९३ थान फेनरागन गरी कूल २ सय ८६ थान लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई लागूऔषध अन्तरगत मुद्दा दर्तागरी थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button