नगर प्रमुख न्यौपानेद्धारा वडा कार्यालयको शिलान्यास

दमौली खबर संवाददाता

दमौली, पुस २० ।

व्यास नगरपालिकाको वडा नम्बर १३ ले आफ्नो भवन बनाउने भएको छ ।

भवन बनाउन वडा कार्यालयले बुधबारबाट सुरुवात गरेको छ ।

वडा भवन निर्माणको लागि २४ लाख बिनियोजन गरेपछि भवन निर्माण कार्य अघि बढाइएको नगरपालिको जनाएको छ । विसं ०७९ बैशाख १२ गते सम्झौता गरी ०८० बैशाख १३ गते सम्पन्न गर्ने गरी विश्वास एण्ड बिपु कन्स्ट्रक्सन काठमाण्डौंले ठेक्का पाएको छ ।

व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठनाथ न्यौपानेले शिलान्यास गर्नु भएको छ । सो अवसरमा नगरप्रमुख न्यौपानेले सबै वडालाई आफ्नै भवनबाट सेवा प्रदान गरिने सो कार्य पुरा हुन लागेको छ । व्यासको वडा नम्बर ३ र १३ को मात्रै आफ्नो भवन रहेको छैन । यि दुवैलाई पुरा गरेपछि १४ वटै वडाको आफ्नो भवन हुने उहाँले जानकारी दिनुभयो । साथै नगर प्रमुख न्यौपानेले स्वास्थ्य केन्द्रका भवन भाडामुक्त बनाउने अभियानमा व्यासले चालेको अभियान पूरा गर्न सफल भएको बताउनुभयो ।

उक्त वडाले साविक गाविसको भवनबाट सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको वडाध्यक्ष बसन्त आलेले बताउनुभयो । ‘पुरानो र कच्ची भवनबाट सेवा प्रवाह गर्दै आएपनि जोखिम रहेकोले नयाँ भवन निर्माण पछि सहज हुन्छ’ वडाध्यक्ष आलेले बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button