नेपाल प्रेस युनियन गण्डकी प्रदेशको अध्यक्षमा अधिकारी तनहुँका महिला सचिवमा तिमल्सेना र सदस्यमा नहर्की चयन संगम सापकोटा

दमौली खबर संवाददाता

दमौली, पुस २० ।

नेपाल प्रेस युनियन गण्डकी प्रेदशको प्रथम अधिवेशन पोखरामा पुस १९ र २० गते सम्पन्न भएको छ । यस अधि उक्त अधिवेनको नेपाली कांग्रेसका केन्द्रिय सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य जीवन परियारले उद्घाटन गर्दै लोकतन्त्रको संरक्षणमा पत्रकारहरु लाग्नुपर्ने बताउनुभयो ।

नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्साल, नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं प्रेस युनियनका निवर्तमान महासचिव अजयबाबु शिवाकोटी, प्रेस युनियनका महासचिव दिलिप पौडेल, केन्द्रिय प्रतिनिधि रामप्रसाद दाहाल, गण्डकी प्रदेशका शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री एवं नेपाली कांग्रेस गण्डकी प्रदेशका उपसभापति मेखलाल श्रेष्ठ, उद्योग पर्यटन तथा आपूर्ति मन्त्री मणिभद्र कँडेल, वरिष्ठ पत्रकारहरु रमेश पौडेल, गंगाधर पराजुली, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रदिप काफ्ले लगायतले पत्रकारले बर्गिय हित, राष्ट्रिय हितका विषयमा निडर भई कलम चलाउनुपर्नेमा जोड दिनु भएको थियो । अधिवेशनले टंकराज अधिकारी को अध्यक्षतामा २१ सदस्यीय गण्डकी प्रदेश कार्य समिति सर्वसम्पत रुपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा (खुला) माधव रेग्मी, उपाध्यक्ष (महिला) मा संगीता केसी, उपाध्यक्षमा समावेशीमा शारदा झैडी मगर, महासचिवमा प्रकाश ढकाल, सचिव खुलामा नारायण रिजाल, सचिव समाबेशीमा मोहसिन अलि मियाँ, सचिव महिलामा अञ्जना तिमिल्सेना, कोषाध्यक्षमा सन्देश पौडेल र लेखा समितिको संयोजकमा राधाकृष्ण डुम्रे चयन हुनु भएको छ ।

नव गठित समितिको सदस्यहरुमा शंकरराज नहर्की, सुवास पौडेल, रिमा शाही, खगेन्द्र भण्डारी, गोविन्द लामिछाने, प्रेमचन्द्र रौनियार, देवराज पुरी, ऋषि वस्याल, निरज अधिकारी पवित्रा खत्री र गीताकुमारी लामिछाने चयन हुनु भएको छ । यस अघि नवनिर्वाचित पदाधिकारीहरुलाई गण्डकी प्रदेश कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापा, नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष एवं गण्डकी प्रेदश प्रथम अधिवेशन मुल आयोजक समितिका संयोजक ऋषिकान्त पौडेल, निर्वाचन समितिका सदस्य रमेश पौडेल, संयोजक कपिलमणी दाहाल र नेपाल प्रेस युनियन केन्द्रिय प्रतिनिधि रामप्रसाद दाहालले सयुक्त रुपमा प्रमाणपत्र प्रदान गर्दे सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।

यसैबिच प्रथम अधिवेशनबाट निर्वार्चित समितिका अध्यक्ष अधिकारीको अध्यक्षतामा समितकिो पहिलो बेठक बसी युनियनले आगामी दिनमा गर्ने कामका बारेमा छलफल भएको थियो । उक्त बैठकले आगामी दिनमा युनियनलाई सशक्त ढंगबाट अगाडी बढाउने निर्णय समेत गरिएको सचिव मोहसिनि अलि मियाले जानकारी दिनुभयो ।

प्रेस युनियन तनहुँद्धारा बधाई ज्ञापन

यसैबीच नेपाल प्रेस युनियन गण्डकी प्रेदशको प्रथम अधिवेशनबाट

सचिवमा चयन हुनु भएकोमा अन्जना तिमल्सेना र सदस्यमा चयन हुनु भएका शंकरराज नहर्कीलाई प्रेस युनिय तनहुँले बधाई ज्ञापन गरेको छ । तनहुँ शाखाका अध्यक्ष नहर्कीले पोखरामै बधाई ज्ञापन गर्नु भएको थियो । बधाई ज्ञापन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा प्रेस युनियनका पश्चिमाञ्चालका पूर्व अध्यक्ष प्रदिप काफ्लेको विशेष उपस्थिती खादा, अबिर लगायर बधाई ज्ञापन गरिएको हो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button