उपाध्यक्ष बालकृष्ण घिमिरेको नमुना काम

नेपाल कृषिमा प्रचुर सम्भावना भएर खाद्यान्न तथा फलफूलमा आत्मनिर्भर बन्न सकेको छैन । कृषकलाई उचित सम्मान नहुने, पछौटेपन, बजारको व्यवस्थपन नहुनु, सरल र सहज रुपमा ऋण प्राप्त गर्न नसक्नु जस्ता कारणले पर निर्भरता बढेको छ । खाद्यान्नमा नाकाबन्दी भयो भने नेपालीहरु भोकभोकै बस्नु पर्ने अवस्था आउने सृजना भईरहेको छ । वास्तविक कृषकको पहिचान गरि, उर्जा शक्तिको प्रयोग गरी खोला, नदी नालाको पानी काकाकुल बनेका डाँडाकाँडा सम्म पु¥याउने, उत्पादनको आधारमा अनुदान दिने जस्ता कार्य प्रभावकारी हुन सकेको छैन । प्रदेशका ७ वटा र संघको १ गरी ८ वटा कृषि मन्त्री भएर पनि कृषकले मल, बिउ नपाउने अवस्था छ । यस्तो अवस्थाले कृषकलाई काममा हौंसला जाग्दैन । कृषकलाई उत्प्रेरण जगाउन नसक्नु र आधुनिध प्रविधिको प्रयोगमा कमी आउनु जस्ता कुराले पछि पारेको छ । विविध समस्यालाई छिचोल्दै केही कृषकले नमुना रुपमा काम गर्नु भएको छ । यस्तो कर्म गर्ने मध्यमा हुनुहुन्छ तनहुँको म्याग्दे गाँउपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरे । घिमिरे सन्तला विक्री गरेर नै लखपति बन्नु भएको छ । उपाध्यक्ष घिमिरेले सुन्तला बिक्री गरेर वार्षिक २० लाख भन्दा धेरै आम्दानी गर्नुहुन्छ । यो सबैको लागि प्रेरणको स्रोत हो ।

२०५३ सालदेखि नै उपाध्यक्ष घिमिरे व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आउनु भएको छ । घिमिरेको सुन्तला फर्ममा अहिले ८५० वटा सुन्तलाको वोट रहेको छन् यो वर्ष वर्ष सुन्तला बेचेर २० लाख आम्दानी गरेर देखाई सक्नु भएको छ ।०३५ सालमा नै कृषिको जेटीए अध्ययन पुरा गर्नु घिमिरेले ८ वर्ष सम्म शिक्षक पेशामा सङलग्न हुनुहुन्थ्यो । उपाध्यक्ष घिमिरे राजनीति कृषि कर्म दुवैलाई एकै साथ अगाडी बढाउनु भएको छ नेपाली काँग्रेस तनहुँको नेता समेत रहेका घिमिरे २०४९ सालमा गाविस अध्यक्ष हुनुभयो । राजनिती र समाजसेवामा सक्रिय घिमिरेले २०५३ सालदेखि व्यवसायिक रुपमा सुन्तला खेती गर्नुभएको छ अरु नेताले पनि यस्तै कर्म गरेर कृषि पेशा प्रति आम मानिसको ध्यान तान्न टेवा दिनुपर्छ नेपालको हावापानी यति राम्रो र उर्वर छ, कि उत्पादन हुदैन कि भन्ने चिन्ता छैन, हामीमा आत्माविश्वास र कामप्रति ईमान्दार रहने हो भने आत्मनिर्भर वन्न कठिन नहुने उपाध्यक्ष घिमिरेले भनाईलाई मनन गरौं ।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button