पूल खेतीबाट पढाई खर्चको जोहो गर्दै मित्रता माध्यामिक विद्यालयका विद्यार्थी

दमौली खबर संवाददाता

तनहुँ, कात्तिक १५

पढ्ने र पठाउने कार्यक्रम अन्र्गत तनहुँको एक विद्यालयले विद्यार्थीलाई पढ्ने कार्यसँगै कमाउने अवसर पाएका छन् । यसले गर्दा विद्यार्थीले आफ्नो पढाई खर्च आफैले जुटाएका छन् ।

आँबुखैरेनी गाउँपालिका– १ सत्रसयस्थित मित्रता माध्यामिक विद्यालमा प्राविधिक धारमा अध्ययनरत विद्यार्थीले पढाई खर्च आफैले जुटाएका हुन् । सो विद्यालयमा प्राविधिक धार अन्तर्गत डिप्लोमा इन एग्रिकल्चरमा अध्यरत विद्यार्थी पूmल बेचेर आम्दानी लिन थालेका छन् । विद्यालयले विद्यार्थीलाई आयआर्जन र सीप दिनको लागि कृषि फम सञ्चालन गरेपछि पढाईसँगै कृषिमा आबद्ध भएका हुन् । विद्यार्थीले आम्दानीका अतिरिक्त विद्यालयमा सिकेको आधुनिक कृषिको सीपलाई घर तथा समाजमा पनि सिकाउन सकुन् भनेर कृषि फम सञ्चालन गरिएको विद्यालयका कृषि संयोजक तथा शिक्षक सुजन लामिछानेले जानकारी दिनुभयो । विद्यालयमा सिकेको कृषिको आधुनिक सीप घरमा पनि सिकाइरहेकोले हाल घरमा पनि सुरु गरिएको व्यावसायिक कृषि कर्मले उत्पादन वृद्धि गर्न सहयोग पुगेको छ । ४० जना विद्यार्थी कृषिमा आबद्ध भएका छन् भने अभिभावकलाई पनि कृषिसम्बन्धी आधुनिक सीप सिकाएर आत्मनिर्भर हुन प्रेरित गरिरहेको शिक्षक लामिछानेले बताउनुभयो । आठ रोपनीमा सत्रपत्री फूल खेती र दुई रोपनीमा गोडभेडा खेती भईरहेको लामिछानेले बताउनुभयो । लामिछानेका अनुसार फूलको प्रतिमाला एक सय र प्रतिकिलो ३५० रुपियाँमा बिक्री भईरहेको छ । फूल बिक्रीबाट पाँच लाख रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ । तिहारको समय भएको अन्य थोकमा लैजानेको लागि सस्तोमा प्रदान गरिने भएकोले विक्री हुने अपेक्षा लिएको छ ।

सजिलै काम सिक्न र अनुभव बटुल्न उत्प्रेरित भएका विद्यार्थीहरुलाई सिकाउन र उद्यमी बनाउनका लागि विद्यालय लागि परेको छ । दिनहुँजसो उनीहरू सैद्धान्तिक सिकाइलाई व्यवहारमा उतार्न कृषि कर्म गरिरहेको शिक्षक कमल सापकोटाले जानकारी दिनुभयो । । फर्ममा विद्यालयले लगानी गरेतापनि मुनाफा भने विद्यार्थीहरुले पाउने गरेका छन् । यसरी उनीहरू पढाइ खर्चलाई केही राहत हुने भएसँगै कृषि कर्म तर्फ हौसिएको शिक्षक सापकोटा बताउनुहुन्छ ।

फर्ममा बिद्यालयले लगानी गरेतापनि मुनाफा भने विद्यार्थीहरुले पाउने गरेका छन् । पूmल खेती सञ्चालन गर्नको लागि आँबुखैरेनी गाउँपालिकाले अध्यक्षसँग कृषि विकास कार्यक्रम अन्तर्गत तीन लाख रुपियाँ कोष स्थापना गर्न रकम प्रदान गरेको विद्यालयले जनाएको छ । शिक्षालाई आयआर्जनसँग जोड्न सके परनिर्भरता हट्ने र स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्यले विद्यालयलाई रकम सहयोग गरिएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । चुमानले भन्नुभयो, ‘शिक्षालाई व्यावहारिक बनाउन पढेर विदेश जाने बाध्यतालाई अन्त्य गर्न विद्यालयबाटै गरिखाने दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमै काम गर्ने वातावरण तयार गर्नेको लागि फम सञ्चालन गर्नको लागि रकम प्रदान गरेका हौं ।’ यस क्षेत्रमा मूख्य गरी कृषि व्यवसाय नै आम्दानीको मूख्य स्रोत भएकोले डिप्लोमा इन एग्रिकल्चर सञ्चालन गरिएको विद्यालयले जनाएको छ । प्राविधिक धारमा तनहुँका अतिरित्त गोरखा, लमजुङ र सुर्खेतका विद्यार्थी अध्यन गर्ने शिक्षक लामिछानेले जानकारी दिनुभयो । फूल खेतीको मौसम पछि च्याउ खेती गरिने विद्यालयले जनाएको छ । विद्यार्थीले पठाई खर्च जोहो आफै गर्न थालेपछि अभिभावक खुसी भएका छन् ।

Show More

Related Articles

Check Also
Close
Back to top button