राधाकृष्णको मुर्ती अनावरण

व्यास ४ सितलचोकमा नवनिर्मित राधाकृष्ण मन्दिरमा भगवान् गणेश र राधाकृष्णको युगल मुर्तिको अनावरण एबम प्राण प्रतिष्ठा कार्य गरिएको छ । उक्त समारोहमा व्यास ४ का वडा अध्यक्ष विश्व न्यौपानेले एक वर्ष अगाडि आफैंले शिलान्यास गरेको मन्दिरमा मुर्तिको अनावरण गर्न पाउदा हर्षित भएको अनुभूति व्यक्त गर्दै मन्दिरको बाकी कामलाई सम्पन्न गर्न वडा कार्यालय सधैं तत्पर रहेको बताए ।यसै गरि टोल सस्थाका सल्लाहकार एवम् नेपाल रेडक्रस सोसाइटी तनहुँका कोषाध्यक्ष हरिशरण पण्डितले वडा कार्यालय , टोल बिकास सस्था, आमा समुह र चन्दादाताको बिशेश सकृयतामा समयमानै मन्दिर निर्माण गरि अनावरण गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै शिला लेखन र पार्क निर्माण मा पनि सबैको सक्रियता को अपेक्षा राखे ।

मन्दिर निर्माण समितिको अध्यक्ष दानुमाया श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा निर्माण समितिका सल्लाहकार उत्तम न्यौपाने ,पण्डित तुलसी राम पौडेल , टोल सस्थाका अध्यक्ष जंग बहादुर दरै ,राधाकृष्ण आमा समुहकी अध्यक्ष मीना खड्का , निर्माण समितिको कोषाध्यक्ष शोभा अधिकारी समेतले शुभकामना मन्तव्य राखेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button