डेंगुबाट पाठ सिक्न जरुरी

दमौली खबर सम्वददत्स

तनहुँको व्यास नगरपालिका अहिले छुृट्टै पहिचान बनाएको छ । यो पहिचान राम्रो नभई नराम्रो छ । विशेष गरेर सदरमुकाम जुन व्यास नगरपालिकाको प्रशासकीय कार्यालय पनि छ त्यहाँ घरैपिच्छे जसो डेंगुका बिरामी भेटिन अवस्था पुग्न लागेको छ । व्यासमा मात्रै डेङ्गुबाट पाँच हजार पाँच सय भन्दा बढी विरामी भएका छन् भने ६ जनाले ज्यान गुमाई सकेका छन् । जिल्लाका दश पालिकामा छ हजार पाँच सय जनामा सङ्क्रमण भएकोमा व्यासमा मात्रै पाँच हजार पाँच बिरामी हुनु दुःख लाग्दो कुरो । विशेष गरेर लामखुट्टेको बासस्थान नष्ट गर्ने र सरसफाईमा ध्यान दिन नसक्दा यो भयाभह भएको हो । यस्तै अवस्था आगामी वर्ष पनि आउने हो भने दमौलीमा मानिसहरु बढ्नुको साटो घट्ने अवस्था आउँछ । आँबुखैरेनी गाउँपालिकामा ३९, ऋषिङ गाउँपालिकामा १८९, घिरिङ गाउँपालिकामा नौ, देवघाट गाउँपालिकामा १४, बन्दीपुर गाउँपालिकामा ४६, भानु नगरपालिकामा ८३ भिमाद नगरपालिकामा १८० जना, म्याग्दे गाउँपालिकामा १०३ जना, शुक्ला गण्डकी नगरपालिकामा ४०० जना र पालिका नखुलेको ६ जना अन्य जिल्ला स्थायी घर भई हाल तनहुँमा बस्ने ३३ जना डेङ्गुको सङ्क्रमण भई बिरामी भएका छन् । सङ्क्रमित मध्ये व्यास नगरपालिकामा मात्रै ८४ प्रतिशत र अन्य पालिकामा १६ प्रतिशत छ । कार्यालयका अनुसार छ जनाको मृत्यु भएको छ । यस तथ्याङ्कलाई मनन गर्दै बढ्नुको कारण पत्ता लगाई आगामी दिनमा कसरी रोकथाम र नियन्त्रण गर्ने भन्ने सन्र्दभमा विशेष योजना बनाउनु आवश्यक छ । दमौलीमा अस्पताल १५ बेड क्षमताको मात्रै रहेको जनताले सुविधा पाउन सकेका छैनन् । दमौली अस्पताललाई ५०० बेड क्षमताको दिर्घकालिन सोच र हाल एक सय बेड क्षमताको अस्पताल बनाउन आवश्यक देखिएको छ । स्थानीय सरकारले स्वास्थ्यलाई प्राथमिकता दिएर तत्काल उपचार पाउने व्यवस्थाको लागि सुविधा सम्पन्न अस्पताल बनाउन ध्यान दिनु आवश्यक देखिएको छ ।

Show More

Related Articles

Back to top button