लोक गायक गुरुङको निधन प्रति पूवमन्त्री जोशीद्धारा दुःख व्यक्त

दमौली खबर संवाददाता

दमौली, कात्तिक १५

ठाडो भाका संरक्षणको अभियान्ता तथा लोक गायक देवीबहादुर गुरुङको निधन भएको छ । लमजुङ्गको. सुन्दर वजार निवासी देबी गुरुुङ्गको निधन प्रति नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीले दुःख व्यक्त गर्नु भएको छ ।

जोशीले सामाजिक सञ्जाल फेसबुक मार्फत दुःख व्यक्त गर्नु भएको हो । नेता जोशीले अत्यन्तनै दुःखको अनुभव गरेको उल्लेख गर्दै २०२४ साल देखि लामो समय म तनहुं मानेचौकामा रहदा देवि गुरुड. मेरो ज्यादै सहयोगी र एकै परीवारको सदस्य जस्तो एक अर्काको दुख सुखमा आत्मिय भएर बसेको स्मरण गर्नु भएको छ । गत वर्ष उहाँ विरामी भएर काठमाण्डौको ग्रनिसिटि अस्पतालमा उपचार गर्नु भएको सुन्दा म र मेरी श्रीमति उहाँलाइ भेटन अस्पताल गएको नेता जोशीले उल्लेख गर्नुभयो ।

जोशीले भन्नु भएको छ –एउटा असल मनिसको निधनले मलाई स्तव्ध वनाएको छ , यस दुखद घडिमा म र मेरो परिवारको तर्फवाट उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै उहाँले यस दुखद घडिमा म उहाँकी धर्म पत्नि र छोरा छोरीहरु र अन्य परिवार जनमा हार्दिक समवेदना व्यक्त गर्नु भएको छ ।

Show More

Related Articles

Check Also
Close
Back to top button