नक्कली स्वास्थ्यकर्मी बनेर लागुऔषध ओसारपसार


दमौली खबर संवाददाता
शुक्रबार दिउँसो ईलाका प्रहरी कार्यालय आँबुखैरेनीको टोली निषेधाज्ञाको पालना गराउन आँबुखैरेनी गाउँपालिका–४ बेनिटारमा सवारी चेकजाँच गर्दै थियो । पौने ४ बजे मुग्लिङबाट आँबुखैरेनीतिर प्रदेश ३–०२–००२ प ६९०० नम्बरको मोटरसाईकल हुँइकिएर आयो । मोटरसाईकलमा दुई युवा सवार थिए । चेक पोष्टनेर आएपछि प्रहरीले रोक्यो र केरकार गर्न थाल्यो । निषेधाज्ञाको बेला सवारी चलाउन कडाई छ । अत्वाश्यक सेवामा प्रयोग हुने र पास भएकाले मात्रै चलाउन पाउँछन् । मोटरसाईकल चलाउने युवाले पनि स्वास्थ्यकर्मीको कार्ड भिरेका थिए । तनहुँका प्रहरी प्रवक्ता डिएसपी युवराज तिमिल्सिनाका अनुसार सवारी चालक २४ बर्षीय पुर्णसिंह गुरुङले अर्याल मेडिकल हल नयाँबजार गोरखाको परिचयपत्र भिरेका थिए ।

गोरखाको आरुघाट गाउँपालिका–१ स्थायी घर भई हाल गोरखा नगरपालिका–७ सतिपिपल बस्ने गुरुङको कार्डमा उनी उक्त मेडिकलको हेल्थ असिस्टेन्ट भएको उल्लेख थियो । मोटरसाईकलको पछाडी थिए तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा घर भई गोरखा नगरपालिका–१४ पाङकोट बस्ने २६ बर्षीय उमेश खत्री । खत्रीले फेन्सी झोलालाई कपडाले बेरेका थिए । प्रहरीलाई शंकास्पद लागेर खानतलासी गर्दा स्वास्थ्यकर्मीको परिचयपत्र भिरेका युवासंगै बसेका खत्री साथबाट प्रहरीले लागुऔषध फेला पा¥यो । खत्रीसंग डाईजेपाम र फेनरागन ९४÷९४ थान, नुफिन ९६ थान बरामद गरेको डिएसपी तिमिल्सिनाले बताए ।

उनका अनुसार हेल्थ असिस्टेन्टको कार्ड भिरेका गुरुङको साथबाट पनि ४ थान सिरिन्ज फेला परेको छ । यी दुवैलाई प्रहरीले प्रकाउ गरेको छ । आईतबार जिल्ला अदालतबाट म्याद थपेर थप अनुसन्धान गरीरहेको तिमिल्सिनाले बताए । ‘लागुऔषध प्रयोगकर्ता भएको खुल्न आएको छ । बाँकी अनुसन्धान हुदैँछ’, उनले भने, ‘स्वास्थ्यकर्मीको कार्ड भिरेर गलत काम भएको भेटियो । अब सवारी चेकजाँचमा झनै कडाई गर्छौ ।’ यसअगाडी विभिन्न जिल्लामा पनि प्रहरीले प्रेस कार्ड भिरेर लागुऔषध कारोबार गर्नेलाई पक्राउ गरेको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button