जनतालाई घरदैलामा नै सेवा दिन जरुरी: नेता चुमान

दमौली खबर संवाददाता
गण्डकी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हरिवबहादुर चुमानले जनतालाई घरदैलामा नै सेवा पु¥याएको खण्डमा मात्र संघिता र गणतन्त्रलाई बलियो बनाउन सकिने बताउनुभयो  । व्यास नगरपालिका १२ छाव्दीमा रहेको छाव्दी  देवी बचत तथा ऋण सहकारीको ११ औँ साधारणसभा मंगलवार उद्घाट गर्दै चुमानले सो कुरा बताउनु भएको हो । उहाँले आफ्नो कार्यकालमा स्थानीय तह सञ्चालनको लागि ४६ वटा कानुन बनेको र हाल ५४ वटा कानुन बनाएको भएपनि पुर्ण हुन नसकेको  बताउनुभयो ।
व्यास नगरपालिका १४ का वडाध्यक्ष काजीमान श्रेष्ठले सहकारीको माध्यमबाट स्वरोजगार वन्न विभिन्न आयआर्जनका तालिमहरु लिन जरुरी रहेको बताउनुभयो । छाव्दी देवी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गजेन्द्र पन्थले बार्षिक प्रतिवेदन पेस गरेको उक्त कार्यक्रममा संस्थाका कोषाध्यक्ष नवराज अधिकारीले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । उपाध्यक्ष सोमाया सुनार, सचिव बद्रीनाथ तिवारील लेखा समितिका संयोजक रेशम प्रसाद कँडेल, ऋण तथा धितो उपसमितिका संयोजक रविन्द्र बराकोटी, सहकारी शिक्षा समितिका संयोजक माधव पन्थ, महिला उपसमितिका संयोजक मनकुमारी भुजेल, अनुशासन तथा सञ्चार उपसमितिका संयोजक शंकरराज नहर्की, टोप बहादुर आले, हिम बहादुर रानाभाट लगायतले सहकारीले बचतकर्ताको हितमा काम गर्नुपर्नेमा जोड दिनु भएको थियो । यस अवसरमा असल ऋणी उत्कृष्ट बचतकर्ता, खुत्रुके बचत लगायतमा पुरस्कृत हुने हरिकुमारी पाण्डे, वसन्त बहादुर आले, तेजमाया आले हिम बहादुर रानाभाट, आयन्स थापा र रियन्सु पन्थ लाई पुरस्कृत गरिएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button