अस्त व्यस्त डुम्रे बजार

सविन लामिछाने

पृथ्वी राजमार्गमै रहेको डुम्रे बजारमा यत्रतत्र छरिएर व्यवसाय गरिएको छ । सवारी साधन पनि जथाभावी पार्किङ्मा छ । बजारको मुख्य चोकबाट सडकपेटीमा पसल तथा विभिन्न व्यवसाय संचालन गर्ने लस्कर रहेको छ । सडकको पेटि अतिक्रम गरी स्थानीयहरुले व्यवसाय संचालन गर्न थालेपछि पैदल यात्रीहरु जोखिम मोल्दै आफ्नो गन्तव्य तर्फ लागेका छन् । पैदलयात्रुको लागि निर्माण गरिएको सडकपेटी अतिक्रमण भएपछि पैदल यात्री भने मुल सडकबाट यात्रा गर्न बाध्य छन् । व्यक्तिगत फाईदाको लागि बजारको स्वरुप बिग्रिने गरी सार्वजनिक सडकपेटी अतिक्रमण गर्दा पनि बन्दिपूर गाँउपालिकाले बजार व्यवस्थापनमा कुनै चासो नदेखाएको स्थानिय रामकृष्ण श्रेष्ठले बताए ।

उनले भने, ‘बजार व्यवस्थापन गर्न स्थानिय सरकारले केही पनि गर्न सकेको छैन । एक दुई दिन अनुगमन हुन्छ । फेरी जस्ताको त्यस्तै । ’नालामाथि स्ल्याब लगाएर बनाईएको सडकपेटीमा व्यापारीहरुले गर्दा व्यवसायिक सामग्रीहरु थुप्रिएपछि राजमार्गमा हिँड्दा सवारी साधनको ठक्करले ज्यान जाने डर भएको अर्का स्थानिय रमेश रिजालले बताए । उनले भने,‘सडक पेटिकामा व्यवसाय गरेपछि पैदल यात्रीलाई हिडन् गाँहो भएको छ । व्यवस्थापनमा कसैले पनि चासो दिएका छैनन् ।’ यता बन्दिपूर गाँउपालिकाका अध्यक्ष पूर्णसिं थापाले पटक पटक अनुगमन गर्दा पनि कसैले नटेरेको बताए । उनले भने,‘जथाभावी व्यवसाय गर्नलाई बजार अस्तब्यस्त भएको छ ।

हामीले पटक पटक अनुगमन गरि कारबाही गरेका छौं । ’ उनले अघि भने कसैले पनि टेरदैनन् । ’ गाँउपालिकाले सवारी साधन पार्किङ गर्न ठाँउ छुटाए पनि जथाभावी पार्किङ गर्ने गरेको अध्यक्ष थापाको भनाई छ । उनल भने,‘सबै सँग समन्वय गरि सवारी साधन पार्किङको लागि ठाँउ बनाईएको छ । तर कसैले निर्णयको कार्यान्वयन गदैनन् ।’ देशकै पर्यटकीय गन्तव्यको रुपमा चिनिने बन्दिपूर जानलाई डुम्रे बजार हुदै जान पर्छ । अस्तव्यस्त रहेको डुम्रे बजारको कारण पर्यटनहरुमा नराम्रो सन्देश गईरहेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button