दमौली स्थित सत्यवती माविको वार्षिकोत्सवको आज उद्घाटन हुने

दमौली खबर संवाददाता
दमौली । व्यास नगरपालिका–२ दमौली स्थित सत्यवती माध्यामिक विद्यालयको ४७ औं वार्षिकोत्सव आज शुक्रबार उद्घाटन हुने भएको छ । वार्षिकोत्सवको अवसमार तीन दिन सम्म कार्यक्रम अन्तर्गत आज उद्घाटन गरिन गरिने भएको हो । पहिलो दिन बुधबार खेलकुद प्रतियोगिता, दोस्रोदिन  बिहीबार पुरस्कार वितरण गरिएको छ भने आज  मूख्य कार्यक्रम राखिएको छ । बिहीबार पुरस्कार वितरण तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रमको गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा मन्त्री विकले सत्यवतीले शैक्षिक क्षेत्रमा उल्लेखनीय प्रगति गरेर तनहुँको नाम उच्च राख्न सफल  भएको र भविश्य थप सुधार गरी देशकै नमुना विद्यालय बन्नु पर्ने बताउनुभयो ।
    कार्यक्रम शिक्षक अभिभावक संघको अध्यक्ष सोमराज सिग्देलको अध्यक्षतामा भएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्ले, व्यवस्थापन समितिका सदस्य लक्ष्मी मिश्र, शिक्षक अभिभावक संघका सदस्यहरु रमा वाग्ले, इन्द्रमाया रम्तेल लगायतले बोल्नु भएको थियो । आज विद्यालयको शैक्षिक तथा भौतिक प्रगतिमा योगदान पु¥याउने विभिन्न व्यक्तिहरुको सम्मान गर्ने, सास्कृतिक प्रस्तुति तथा पुस्तक बिमोचन, विद्यालयको प्रगति प्रतिवेदन सार्वजाननिक गर्ने जस्ता कार्यक्रम हुने भएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button