रेडक्रस तनहुँको अधिवेशनमा तीन पत्रकार चुनावी मैदानमा दुम्सिकोट उपशाखा तनहुँकै उत्कृष्ट घोषित

दमौली खबर संवाददाता
दमौली पुस ७ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तनहुँको यही पौष ९ र १० गते १३ औं अधिवेशन हुन लागिरहेको छ । अधिवेशनमा नयाँ कार्यसमिति चयन हुने भएकाले सर्वत्र चासोको विषय बनेको छ । अधिवेशनमा तीन जना सञ्चारकर्मी चुनावी मैदानमा हुनुन्छ । तीनै जना रेडक्रसमा लामो समय देखि आवद्ध व्यक्तिहरुहरु हुनुहुन्छ । रेडक्रस तनहुँका उपसभापति तथा तनहुँ आवाज साप्ताहिक सम्पादक ऋषिराम पोख्रेल सभापतिको उम्मेदवार बन्नु हुने भएको छ । पोख्रेल प्रेस युनियन तनहुँको पूर्व अध्यक्ष तथा नेपाल बार एशोसियन तनहुँको पूर्व अध्यक्ष हुनुहुन्छ । उपसभापति भएकोले सभापतिमा दाबी स्वभाविक भएको पोख्रेल बताउनुहुन्छ । सभापतिमा रेडक्रसका केन्द्रीय सदस्य प्रदीप घिमिरे, तनहुँकी  मन्त्री चिनु पाखे्रेल, नेपाली कांग्रेस व्यास नगरसभापति सूर्यचन्द्र हड्खले लगायतको सभापतिको नाममा चर्चा छ ।
सदस्य पदमा मा सञ्चारकर्मीद्धय श्रीकृष्ण आचार्य र विष्णु गौतम मैदानमा भिड्नु हुने भएको छ । व्यास नगरपालिका वडा नम्बर १० दुम्सी बजार स्थायी बसोबास रहेका आचार्य २०५७ सालदेखि जुनियर रेडक्रस सर्कलमा आबद्ध व्यक्ति हुनुहुन्छ २०६२ सालमा युवा सर्कल सचिवमा रहेर शिक्षा महाविद्यालय पोखरामा कृयाशिल रहँदै आएका उहाँ २०७२ सालबाट दुई कार्यकाल दुम्सीकोट उपशाखा सदस्य एवं जिल्ला सभासद र वर्तमान उक्त उपशाखाको सचिव रहेर कार्य गरिरहेका व्यक्ति हुनुहुन्छ । गणित शिक्षामा काठमाण्डौं विश्वविद्यालयबाट एमफिलसम्मको शैक्षिक योग्यता र प्रविधिमा दख्खल राख्ने आचार्य प्राध्यापन, पत्रकारिता सँगसँगै सामाजिक सेवामा निरन्तर क्रियाशील व्यक्ति हुन्। कोभिड जस्तो अप्ठ्यारो परिस्थितिमा खाद्यान्न संकलन गरी सेवाक्षेत्रमा सहयोग गर्ने, अपाङ्गहरुका लागि खाद्यान्न संकलन गरी घरघरमा गई वितरण गर्ने, विशुद्ध सामाजिक सेवाकालागि सहयोग संकलन गरी एम्बुलेन्स खरिद गर्ने र उक्त एम्बुलेन्स सञ्चालन गर्ने कोष समेत स्थापना गर्ने दीर्घ सोच भिजन निर्माण गर्ने व्यक्ति हुन् । बाल्यावस्था देखि नै सामाजिक सेवामा ओतप्रोत भएका आचार्यले विभिन्न संघसंस्थाहरुमा रहेर सामाजिक कार्य निरन्तर सक्रिय हुनुहुन्छ । रेडक्रस जस्तो पवित्र संस्थामा विशिष्ट सदस्यको रूपमा रहेर “म सेवा गर्छु“ भन्ने भावना सहित रेडकसका सात सिद्धान्तलाई अंगिकार गर्दै अगाडि बढ्न रुचाउने आचार्य आफ्नो सीप र क्षमता जिल्ला तहमा पुर्याउनका लागि ठूलो पदमा नभई सदस्यमा मात्र रहेर कार्य गर्ने भावनाले अगाडि बढ्नु भएको छ आचार्य ।
सञ्चारकर्मी गौतम पनि लामो समय देखि रेडक्रमा आबद्ध भई समाज सेवामा लाग्नु भएको व्यक्ति हुनुुहुन्छ । गौतम सिन्धु उपशाखाको सभापति भईसकेको र चार पटक प्रतिनिधी चयन भएको व्यक्ति हुनुहुन्छ । सर्वसम्मत पाउनु पर्ने नपाए पनि चुनावी जितेर सदस्य हुनेमा गौतम ढुक्क हुनुहुन्छ ।
 यसैबीच उक्त अधिवेशनले तनहुँमा मा रहेका २९ वटा उपशाखाहरु मध्ये उत्कृष्ट उपशाखाको रुपमा व्यास १० मा रहेको दुम्सीकोट उपशाखालाई कार्य मूल्यांकनका आधारमा उत्कृष्ट ठहर गरी पुरस्कृत गर्ने निर्णय भएको जनाइएको छ ।
उत्कृष्ट उपशाखा निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको र उपशाखामा गरेका सकारात्मक प्रयासहरु जिल्ला तहमा रहेर शाखालाई क्रियाशिल बनाउने लक्ष्यसहित उक्त शाखाका सचिव श्रीकृष्ण आचार्य जिल्ला सदस्यमा जानु हुने भएको छ । स्पष्ट भिजन सहित प्रस्तुत भएका आचार्यले रेडक्रसलाई आधुनिक, प्रविधिमैत्री, सेवामुखी र जनअपेक्षित संस्था बनाउने एजेण्डा अगाडी सार्नु भएको छ । आफ्नो अनुभवलाई साट्न भन्दै जिल्ला शाखा तनहुँको १३ औं अधिवेशनमा सदस्य पदको उमेदवार प्रस्ताव गरेका आचार्यले सम्पुर्ण प्रतिनिधिहरुलाई अमुल्य मतदान गरी उक्त प्रस्ताव स्वीकृत गरिदिनुहुन अनुरोध समेत गर्नु भएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button