५औं व्यास नगर मेयर कप ब्याडमिन्टन प्रतियोगिता हुने

दमौली खबर संवाददाता

दमौली, माघ २९

प्रजातन्त्र दिवसको अवसरमा यही फागुन ६ र ७ गते दमौलीमा ५औं मेयर कप ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । दमौली स्थित व्यास नगर ब्याडमिन्टन क्लबले प्रतियोगिता गर्ने भएको हो ।

सो क्लबले गत वर्षहरुमा पनि ब्याडमिन्टन प्रतियोगिता गर्दै आएको र यस पटक पनि बि लेबल अन्तर्गतको ब्याडमिन्टन प्रतियोगितालाई निरन्तरता दिएको हो । प्रथम र द्वितीय हुनेलाई ४० हजार र २० हजारका साथै सान्त्वना हुने २ जनालाई १०÷१० हजार नगदका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने व्यास नगर ब्याडमिन्टन क्लबले जनाएको छ । त्यस्तै महिला जोडी तर्फ प्रथम र द्वितीय हुने टिमलाई २० हजार र १० हजार तथा सान्त्वना हुने २ जनालाई ५÷५ हजार नगदका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । ब्याडमिन्टन खेलको विकास गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको हो । बि लेबलको प्रतियोगितामा सामेल हुने खेलाडीलाई टिम दर्ता २ हजार ५ सय र महिलाको लागि १ हजार ५ सय कायम गरिएको अध्यक्ष जीवन गुरुङले बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button