मृगौला रोगीलाई सहज बनाउदै मन्जु डायालासिस

कुनै समय थियो जब जिल्लामा डायलासिस केन्द्र नहुदाँ अन्य जिल्लामा पुगेर मृगौला बिरामीले डायलासिस गर्नुपर्ने बाध्यता रहेको थियो । त्यसपछि विसं २०७२ मङ्सिर ३ गते देशभरका जिल्ला अस्पतालमध्ये दमौली अस्पतालमा पहिलोपटक डायलासिस केन्द्र स्थापना भयो । दमौली अस्पतालमा स्थापना भएको शत्रुघ्न मन्जु डायलासिस केन्द्रले बुधबारबाट पाँच वर्ष पूरा गरेको छ । केन्द्रले पाँच वर्षको अवधिमा ३१ हजार २१६ पटक डायलासिस सेवा प्रदान गरेको केन्द्रका प्रमुख शैलेन्द्र पण्डितले जानकारी दिए। उनका अनुसार केन्द्रबाट हालसम्म २ सय ४५ मिर्गौलापीडितले डायलासिस सेवा लिएका छन् । केन्द्रमा नियमित डायलासिस गराउने मिर्गौलापीडितको सङ्ख्या भने ७२ रहेको छ । केन्द्रमा तनहुँका अतिरिक्त छिमेकी जिल्लाका मिर्गौलापीडितले पनि डायलासिस सेवा लिइरहेका छन् । लमजुङ, गोरखा, स्याङ्जा, कास्कीका मिर्गौलापीडितले केन्द्रबाट नियमितरूपमा डायलासिस सेवा लिइरहेका पण्डितले जानकारी दिए ।

केन्द्र लकडाउनको समयमा समेत निरन्तर रुपमा सेवा प्रदान गरेको पण्डितले बताए । उनले भने,‘लकडाउनमा रगतको अभाव भईरहेको थियो । विभिन्न चुनौतीमा पनि हामीले बिरामीलाई डायलासिस सेवा दिएका थियो ।’ केन्द्रमा नौ वटा डायलासिस गराउने उपकरण रहेका छन् । केन्द्रमा दैनिक २४ देखि २७ मिर्गौलापीडितले डायलासिस सेवा लिइरहेका छन् । मिर्गौैलापीडितको चाप बढेकाले मागअनुसार सेवा दिन कठिन भएको छ । केन्द्रमा एकैपटक नौ जनाले डायलासिस सेवा लिन सक्छन् । कोरोनाको महामारीमा समेत कोरोना संक्रमित रहेका मृगौला बिरामीलाई सेवा दिएको उनले बताए । उनले भने,‘हामी सँग विविध चुनौती हुदाँ पनि कोरोना संक्रमित रहेका मृगौला बिरामीलाई सेवा दिएका छौं । ’ उनले यस अघि भने,‘ हाम्रो टिमबाट नै यसरी डायलासिस गराउन सफल भएका हौं । ’ विगत दुई वर्ष देखि डायलासिस गराउदै आएका व्यास १२ का बुद्धिबहादुर घिमिरे जिल्लामै डायलासिस केन्द्र हुदाँ आफुलाई सहज भएको बताए ।

त्यस्तै डायलासिसकेन्द्र देखि सेवा लिदै आएका शुक्लागण्डकीका रामबहादुर गुरुङ र लमजुङ थमनसिं गुरुङले जिल्लामा डायलासिस केन्द्र नहुदाँ चितवन र पोखरामा शुल्क तिरेर सेवा लिनुपर्ने बाध्यता रहेको बताए । केन्द्रले स्थापनाकाल देखिनै निशुल्क रुपमा बिरामीलाई सेवा दिदै आएको छ । हेल्थ केयर फाउण्डेशन अफ नेपालले दमौली अस्पतालमा डायलासिस केन्द्र स्थापना गरेको थियो । केन्द्रका लागि मन्जु उपाध्यायले आफ्ना स्वर्गीय पति शत्रुधन उपाध्यायको स्मृतिमा शुरुमा रु एक करोड सहयोग गरेका थिए भने पछि उपकरण थप गर्नका लागि रु २५ लाख सहयोग गरेका थिए । केन्द्रमा शुरुमा रु एक करोड २० लाखको लागतमा छ डायलाइसिस उपकरण जडान गरिएका थिए । पछि तीन उपकरण थप गरेपछि केन्द्रमा हाल नौ डायलासिस उपकरण रहेका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button