तनहुँ क्षेत्र नं १ मा नेकपा एकीकृत समाजवादीको पनि दाबी

दमौली खबर संवाददाता

दमौली, चैत ६

उपनिर्वाचन हुने भएपछि तनहुँ क्षेत्र नं १ मा नेकपा एकीकृत समाजवादीले पनि गठबन्धनको तर्फबाट टिकटको दाबी गरेको छ । जिल्ला अध्यक्ष श्रीराम कार्कीको अध्यक्षतामा आईतबार बसेको बैठकले दाबी गर्ने निर्णय गरेको हो ।

पार्टीका पोलिटव्यूरो सदस्य एवं गण्डकी प्रदेशका सचिव प्रतापलाल श्रेष्ठ,उपाध्यक्ष विद्या ढकाल,केन्द्रिय सदस्य एवं पूर्व साँसद कलिला खान,सहितको उपस्थितिमा बैठक सम्पन्न भएको हो ।

नेकपा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ निर्वाचित रहेपनि र तत्कालिन नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई सम्मानपूर्वक उक्त क्षेत्र छाडेकोले उपनिर्वाचनमा समाजवादीले दाबी गरेको हो । तनहुँ १ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा बनेपछि जिल्लामा नेताहरु टिकटको लागि दौडधुप गरिहेका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button