जनता आवास कार्यक्रमः छाप्रोको बासबाट मुक्ति पाउँदा बिपन्न परिवारमा खुसीयाली

दमौली खबर संवाददाता
असोज १० गते ।
 । यहाँ सञ्चालन भईरहेको ‘जनता आवास कार्यक्रम’ अन्तर्गत दुई सय ८६ घर निर्माण गरिएको छ । घर निर्माण भएपछि गरिब तथा विपन्न घरपरिवार खुशी भएका छन् । वषौंदेखि छाप्रोमा बस्दै आएका घरपरिवार नयाँ घर पाउँदा खुसी भएका हुन् ।
जिल्लाका १० वटै पालिकामा सो सङ्ख्यामा घर निर्माण गरिएको पूर्वाधार विकास कार्यालय तनहुँका सवइन्जिनियर तथा जनता आवास कार्यक्रमका संयोजक  हिमाल आचार्यले बताउनुभयो । घर निर्माण पछि दुई सय ११ जना नयाँ घरमा सरिसकेको र ७१ जना सर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७५÷७६ मा सङ्घ सरकारमार्फत जनता आवास कार्यक्रम हस्तान्तरण भएपछि पूर्वाधार विकास कार्यालय तनहुँमा सम्भौता गरी घर निर्माण कार्य शुरु गरिएको थियो । निर्माण गरिएका घरमध्ये २११ जनाले सबै किस्ता र जनाले ७५ले अन्तिम चौंथो किस्ता लैजान बाँकी रहेको पूर्वाधार विकास कार्यालय तनहुँकी सूचना अधिकारी इन्जिनियर धनमाया मिश्रले जानकारी दिनुभयो । उक्त कार्यक्रमका लागि रु नौ करोड पाँच लाख ९५ हजार बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो  । आवास निर्माणका लागि घरको डिजाइनसहित प्रदेश सरकारले ३ लाख ३२ हजार ५ सय रुपियाँ उपलब्ध गराउनेछ भने लाभग्राहीले श्रमदान, नगद वा निर्माण सामाग्री उपलब्ध गराएर १० प्रतिशत लागत सहभागीता जनाउनुपर्ने व्यवस्था रहेको कार्यालयले जनाएको छ ।
यो कार्यक्रम स्थानीय तहबाट सञ्चालन गर्दा प्रभावकारी हुने कार्यालय प्रमुख सिनियर इन्जिनियर दिनेशकुमार घिमिरेले बताउनुहुन्छ । पालिका मार्फत सञ्चालन गर्दा लाभग्राहीलाई सम्झौता गर्न, रकम भुक्तानी लिन तथा अनुगमन गर्न सजिलो हुने भएकोले बढी प्रभावकारी हुन्छ’ घिमिरेले भन्नुभयो । जमिन भएका तर घर बनाउने रकम नभएका गरिब, दलित तथा लोपोन्मुख परिवारलाई उक्त कार्यक्रममा समावेश गरी निःशुल्क घर निर्माण गरिएको कार्यालय प्रमुख घिमिरेले बताउनुभयो । ‘जग्गा भएका तर घर बनाउने रकम नभएर बसेका नागरिकलाई प्रदेश सरकारको आर्थिक सहयोगमा जनता आवास कार्यक्रमले निःशुल्क घर बनाउन थालेको छ, यसबाट गर्दा विपन्न समुदायले नयाँ घरमा बस्न पाउन थालेका छन्’ सिनियर इन्जिनियर घिमिरेले भन्नुभयो ।
 भानु नगरपालिका–४ निवासी गोरे सार्कीले छाप्रो बस्नु पर्ने बाध्यताबाट मुक्ति पाउँदा खुसी लागेको बताउनुभयो । भानुमा नरभक्षी चितुवाको बिगविगी बढीरहेकाले छाप्रोमा चितुवा छिर्न सक्ने हुँदा डर लाग्ने गरेकोमा नयाँ घर बनेपछि ढुक्क भएर सुत्न पाएको सार्कीले बताउनुभयो । देवघाट गाउपालिका–५ की अन्जली बोटे नयाँ घरमा दशैं मनाउन पाउन भएकोले खुसी लागेको बताउनुभयो । ‘चिमले बारेको खरले छाएको घरमा बस्नु नपर्ने भएकोले औधी खुसी लागेको छ सरकारलाई धेरैधेरै धन्यवाद’ बोटेले भन्नुभयो । यस्तै खुसी हुनुहुन्छ सोही ठाएँ निवासी सन्तमाया बोटे । ‘घर पाउँदा बर्खामा ढुक्कले टिनको छानामुनि बस्न पाएको छाप्रोमा पानी चुहिने घरमा बस्नु पर्ने बाध्यता हटेको छ’ बोटेले भन्नुभयो । पालिकाको सिफारिसको आधारमा कार्यक्रमको लािग घर छनोट गरी निर्माण गरिएको हो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button