सचिन श्रेष्ठको स्मृतिमा दमौलीमा खुल्ला दौड प्रतियोगिता हुने

दमौली खबर संवाददाता

दमौली , माघ २९

रोट्याक्ट क्लब अफ दमौलीले सचिन श्रेष्ठको स्मृतिमा खुल्ला दौड प्रतियोगिता आयोजना हुने भएको छ । २० औं सचिन स्मृतिमा फागुन ७ गते प्रतियोगिता गर्ने निर्णय भएको क्लबले जनाएको छ ।

दमौलीको अनसन चौतारीबाट सुरु हुने दौड सफासडक, पृथ्वीराजमार्ग, गल्वुवेशी, भादगाउँ हुँदै छाब्दी बाराही मन्दिरमा पुगेर टुङ्गिनेछ । ९ किमि दूरीको दौड प्रतियोगिताका प्रथमलाई रु १४ हजार , द्वितीय हुनेलाई रु १२ हजार र तृतीय हुनेलाई रु १० हजार पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक उमेश पौडेलले जानकारी दिनुभयो । भारतको कोलकातामा रोट्याक्ट क्लबको कार्यक्रममा सहभागी हुन जाने क्रममा सवारी दुर्घटनामा परी ज्यान गुमाएका क्लबका तत्कालिक सहसचिव सचिन कुमार श्रेष्ठको स्मृतिमा क्लबले प्रतियोगिता गर्दै आएको छ । सचिनको स्मृतिमा सन् २००३ देखि हरेक वर्ष दौड प्रतियोगिता आयोजना हुँदै आएको क्लबका अध्यक्ष विशाल श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताले छाब्दीवाराही मन्दिरको धार्मिक पर्यटन प्रबर्धनका लागि पनि सहयोग अपेक्षा लिईएको आयोजकले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button