८ पालिकामा थपिए ४१ संक्रमित

तनहँुको ८ पालिकामा आईतबार ४१ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाको व्यास,शुक्लागण्डकी,भान,ऋषिङ, आँबुखैरेनी,बन्दिपूर, घिरिङ र भिमादमा ४१ नयाँ संक्रमित थपिएका हुन् । स्वास्थ्य निर्देशनालयको अनुसार सबै भन्दा धेरै व्यास नगरपालिकामा थपिएका छन् । व्यासको विभिन्न वडाहरुमा कुल १२ जना नयाँ संक्रमित थपिएका हुन् । संक्रमितहरु बजारीक्षेत्रका बढी रहेका छन् । त्यस्तै त्यस्तै आँबुखैरेनी गाँउपालिकमा ८ जना नयाँ संक्रमित थपिएका छन् । शुक्लागण्डकीमा ६ जना, भिमाद नगरपालिकामा ५ जना नयाँ संक्रमित थपिएका छन् । भानु नगरपालिकामा चार जना नयाँ संक्रमित थपिएका छन् । बन्दिपूर गाँउपालिकामा २, ऋषिङ र घिरिङमा १÷१ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै स्थानिय तह, ठेगना नखुलेका ४५ वर्षीय पूरुषमा समेत संक्रमण देखिएको छ । कोरोनाको संक्रमण भयावह रुपमा फैलिएकाले सबैले साबधानी अपनाउनु बाहेक अर्को उपाय नभएको प्रमुख जिल्ला अधिकारी सागर आर्चायको भनाई छ।

पछिल्लो समय व्यासमामा शिक्षित व्यक्तिहरुबाटै चरम लापरवाही गर्दा कोरोनाको संक्रमणले भयावह रुप लिएको जानकारहरु बताउँछन्। दमौलीमा कोरोनालाई सामान्य सम्झेर चरम लापरवाही गर्नेहरुमा निजि तथा सरकारी चिकित्सक, नेकपा र कांग्रेसका स्थानीय नेता, कार्यकर्ता, जनप्रतिनिधिहरु, पत्रकार, व्यापारी र सर्बसाधारणहरु छन्। शिक्षित व्यक्तिबाटै नै विश्व स्वास्थ्य संगठनको नियम विपरित चरम लापरवाही गर्न थालेपछि उनीहरु संक्रमित भएर अस्पताल र होम क्वारेनटाइनमा बसेका छन्। लापरवाही गर्नेहरु नै पछिल्लो समय संक्रमित हुने गरेका छन्। शिक्षित व्यक्तिहरुकै लापरवाहीले गर्दा कोरोना नियन्त्रणमा थप चुनौति थपेको सरोकारवालाहरु बतान्छन् । सबैले स्वास्थ्य प्रटोकल अनुसार नियम पालना गरे कोरोना नियन्त्रणमा थप सहज हुने उनिहरुको भनाई छ। सामाजीक दुरी कायम नगरि बढाईको भीडभाडका कारण कोरोना संक्रमितहरुको संख्या वृद्धि भएको विज्ञहरु बताउँछन्। सरकराले भीडभाडलाई नियन्त्रण गर्न नसकेका कारण भयावह स्थिति सिर्जना गरेको विज्ञहरुको भनाई छ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button