महिला हाफ खुल्ला म्याराथनको उपाधि आर्मीकी पूर्णलक्ष्मीलाई

दमौली खबर संवाददाता

तनहुँ फागुन २५

तेश्रो व्यास नगर महिला हाफ खुल्ला म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपानेले जित्नु भएको छ । व्यास गुफा देखि व्यास नगरपालिका–११ को तनहुँसूरसम्मको २१ किमी दुरी जुम्ला घर हुनु भएकी धावक न्यौपानेले एक घण्टा ४७ मिनेट ५१ सेकेण्डमा पार गरी न्यौपाने प्रथम हुनु भएको हो । व्यास नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा ६४ जना धावकले भाग लिएका थिए ।

त्यसैगरी सोलुखुम्बुकी अनिता राई द्वितीय हुनु भयो । उहाँले एक घण्टा ५२ मिनेट ४४ सेकेण्डमा दुरी पार गर्नु भएको थियो । जुम्लाकी विश्वरुपा बुढाले एक घण्टा ५७ मिनेट ३२ सेकेण्डमा दुरी पार गरी तृतीय हुनुभयो । प्रतियोगितामा प्रथम हुने धावकले रु.४१ हजार ७९, द्धितीय हुनेले रु.३१ हजार ७९ र तृतीय हुने धावकले रु.२१ हजार ७९ का साथमा मेडल र ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यसैगरी गुल्मीकी गीता बिक, गोरखाकी अमृता गुरुङ्ग र नवलपरासीका सीमा चौधरी सान्त्वना हुनु भएको छ । सान्त्वना हुनेले ११ हजार ७९ का दरले पुरस्कार तथा सहित मेडल र ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

विजयी धावकहरुलाई व्यास नगरप्रमुख वैकुण्ठ न्यौपाने र उपप्रमुख इन्दिरा दरैले संयुक्त रुपमा पुरस्कार वितरण गर्नु भएको थियो । सो अवसरमा बोल्दै नगरप्रमुख न्यौपानेले खेलकूदका माध्यमबाट पर्यटन प्रबद्र्धन गर्न म्याराथनको आयोजना गरेको बताउनुभयो ।

व्यास गुफादेखि सफासडक हुँदे तालघरे, मुसेखोला, घाँसीकुवा, परासर मार्गको सेरा, बेलटारी, अर्चलचौर, धरमपानी हुँदै तनहुँसुर दरबारसम्म पुगेर म्याराथनको अन्त्य भएको थियो । म्याराथनको जिसस प्रमुख शान्तिरमण वाग्लेले उद्घाटन गर्नु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button