खैरेनीटारमा फागुन १८ देखि २९ गतेसम्म महोत्सव हुने

दमौली खबर संवाददाता

दमौली÷३, फागुन

चैतेदशैंको अवसरमा तनहुँको शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारमा महोत्सव हुने भएको छ । यही फागुन १८ देखि २९ गतेसम्म तनहुँको शुक्लागण्डकी महोत्सव २०७९ हुने भएको छ । सो महोत्सव भव्य रुपमा सम्पन्न गर्न मुल समारोह समिति र विविध उपसमिति गठन गरिएको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आयोजनामा प्रस्तावना तयार गरी स्थानीय तहहरुमा उपलब्ध गराइ सकिएको छ ।

महोत्सव प्रचारप्रसार समितिका संयोजक हरिबहादुर थापाले महोत्सवलाई सफल बनाउन खैरेनीटार र दुलेगौडाका बासिन्दाहरु एक भएर लागेको बताउनुभयो ।सांस्कृतिक एवं झाकी प्रदर्शनी, दगाम भुजिकोट डाँडाको अवलोकन, मिलेनियम ट्रयाक, रक गार्डेन, प्रदेश गायन प्रतियोगिता महोत्सवको आकर्षण हुने जानकारी थापाले बताउनुभयो । महोत्सवमा बाल मेला, कृषि, घरेलु, प्रदर्शनी, नित्य प्रतियोगिता, खुला भलिबल प्रतियोगिता, कन्सर्ट कार्यक्रमले महोत्सवको रौनक बढाउने संघका अर्का उपाध्यक्ष सुजित हिराचनले बताउनुभयो । महोत्सवको २ लाख पर्यटकले अवलोकन गर्ने लक्ष्य राखिएको छ उनले भने । महोत्सवका लागि ६९ लाख ९० हजार खर्च हुने अनुमानित बजेट तय गरिएको आयोजकले जनाएको छ । सो महोत्सवमा २ सय ३५ वटा स्टल रहने जानकारी उनले दिए । यतिबेला स्टल बुकिङको कार्य खुला गरिसकिएको संघका उपाध्यक्ष समुन्द्रराम श्रेष्ठले जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button