बुद्धिचाल संघ व्यास नगर अध्यक्ष न्यौपाने चयन

दमौली खबर संवाददाता

फागुन नेपाल बुद्धिचाल संघ व्यास नगर समितिको बिहीबार आयोजना गरिएको भेलाले नरेन्द्र न्यौपानेको अध्यक्षमा समिति चयन गरेको छ । उक्त खेल सम्बद्ध सरोकारवालाहरुको भेलाले सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा प्रेमराज श्रेष्ठ, सचिवमा बिरेन्द्रराज काफ्ले र कोषाध्यक्षमा नवराज अधिकारी चयन हुनु भएको छ । यसैगरी सदस्यहरुमा चिज कुमार श्रेष्ठ, उजेली पोख्रेल, रामबहादुर थापा, पुस्तकनाथ न्यौपाने र रुचन कायस्थ चयन भएको संघका केन्द्रिय प्रतिनिधि चन्द्र मोहन अधिकारीले जानकारी दिनुभयो । बुद्धिचाल संघ तनहुँका अध्यक्ष भरत पोख्रेलको संयोजकत्वमा सम्पन्न उक्त भेलामा निवर्तमान अध्यक्ष एवं केन्द्रिय प्रतिनिधि अधिकारी, नवनिर्वाचित अध्यक्ष न्यौपाने लगायतले बुद्धिचाल खेलको महत्व र प्रवद्र्धनमा जोड दिएको बुद्धिचाल संघ तनहुँका उपाध्यक्ष विजयराज खनालले बताउनुभयो ।

अध्यक्ष चयनमा चयन हुनु भएका न्यौपानेले बुद्धिचाल खेलबाट तनहुँका खेलाडीले नाम चम्काउने वातावरण बनाउने आवश्यक तालिम तथा प्रतियोगिता सञ्चालन गर्ने प्रतिबद्धता सो अवसरमा गर्नु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button