केशवटारमा सेनेटरी प्याड वनाउन सिक्दै महिला

दमौली खबर संवाददाता

केशवटार, फागुन ४

महिलालाई आयआर्जनमा सहयोग पु¥याउने उद्धेश्यले व्यास नगरपालिका–१४ केशवटारमा सेनेटरी प्याड वनाउने तालिम प्रदान गरिएको छ ।

साना किसान सामुदायिक सिकाई केन्द्र व्यास–१४, केशवटारको आयोजनामा ३ दिने सेनेटरी प्याड वनाउने तालिम सञ्चालन गरिएको हो । साना किसान सामुदायिक सिकाई केन्दका अध्यक्ष सरास्वती थापाको अध्यक्षतामा भएको कार्यक्रमको व्यास १४ को वडाध्यक्ष काजीमान श्रेष्ठले एक कार्यक्रमको वीचमा उद्घाटन गर्नुभएको थियो । सो अवसरमा वडाध्यक्ष श्रेष्ठले दैनिक जीवनमा प्रयोग हुने र आय आर्जनको माध्याम वन्ने तालिमको भरपुर उपयोग गर्नुपर्ने वताउनुभयो । महिलाको संवेदनशील अंग सँग जोडिएको विषयमा सवै गम्भिर वन्नुपर्ने हुदाँ आफनो लागी प्रयोग गरिने सेनेटरी प्याड वनाउने तालिमले केशवटारको महिलालाई सकारात्मक प्रभाव पार्ने वताउनुभयो । सिक्ने र सिकाउने तालिमले हाम्रो स्वास्थ्य सँगै आय आर्जनलाई पनि जोड्ने हुदाँ यसको निरन्तरतामा ध्यान दिनुपर्ने वडाध्यक्ष श्रेष्ठको भनाई थियो ।

वातावरणीय अनुकुल सेनेटरी प्याड वनाउन सिकाईने प्रशिक्षक नोमा थापाले वताउनुभयो । महिलाहरुका लागी अत्यावश्यक मानिएको सेनेटरी प्याडमा धेरै रकम खर्च हुने गरेको तर यसको उपयोगमा ध्यान नदिदाँ स्वास्थ्यमा जटिल समस्या भोग्नुपरेको प्रशिक्षक थापाले वताउनुभयो । स्वास्थ्य अनुकुल सेनेटरी प्याड हामी आफैले वनाउन सकिन्छ र त्यो पनि ४ वर्ष सम्म नियमित सफा गरेर प्रयोग गर्न सकिने हुदाँ तालिममा सिकेको कुरा व्यवहारमा पनि कार्यन्वयन गर्न आग्रह गर्नुभयो । तालिममा प्रमुख अतिथी श्रेष्ठले

यसैगरि व्यास १४ का वडासदस्य दुर्गा वहादुर आलेले सेनेटरी प्याडका तालिम टोल स्तरसम्म विस्तार गरिने वताए । यो जीवन उपयोगी सिकाई र वुझाई वडा नं १४ को घरघरमा पुरयाउने र स्वास्थ्य सँग सम्वन्धित जनचेतना समेत जगाईने आलेले वताउनुभयो ।

तीन दिन सम्म चल्ने सेनेटरी प्याड वनाउने तालिममा १५ जना स्थानिय महिलाहरुको सहभागिता रहेको कार्यक्रम केशवटारको होम स्टेमा सञ्चालन भएको छ । किफायती समेत हुने सेनेटरी प्याड आर्थिक उपार्जनको वाटो समेत विश्वास केन्द्रले लिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button