ठुलो हाउगुजी हटाउन ध्यान दिर्औ

एसइईलाई फलामे ढोका भनेर भनिन्छ । उच्च शिक्षा अध्ययनको लागि पार गर्न एसइइ परिक्षालाई विशेष ध्यान दिइने गरिन्छ । यो परिक्षामा विशेष गरी अधिकांश विद्यार्थी गणीत र विज्ञान विषयमा अनुतिर्ण हुने गर्छन् । यो दुवै विषय जटिल हुन्छ भन्ने हाउगुजीले गर्दा धेरै विद्यार्थी उर्तिण हुन सकेका छैनन् । सिपालु विद्यार्थीले भने सबै भन्दा धेरै नम्बर यसै विषयमा ल्याउने गर्दछन् । सरल र सहज तरिकाले पठन पाठन गर्न सकियो भने उर्ति णदर बढाउन सकिन्छ । यस क्रममा शैक्षिक सुधारको लागि तनहुँको व्यास नगरपालिका क्षेत्रभित्र रहेका माध्यमिक तह सञ्चालित सामुदायिक विद्यालयका लागि आज देखि तालिम दिने भएको छ । गणित र विज्ञान विषयका शिक्षकहरुको यही फागुन ७, ८ र ९ तालिम दिईने व्यास नगरपालिकाले जनाएको छ ।

प्रत्येक माध्यमिक तह सञ्चालन भएका विद्यालयहरुबाट गणित र विज्ञान विषय अध्यापन गर्ने १÷१ जना शिक्षकलाई विद्यालयको पत्र र पाठ्यक्रम सहित तालिममा सहभागी हुन नगरपालिकाले सूचित गरेको छ । यस्ता तालिमले गणित र विज्ञान विषयका शिक्षकहरुलाई दक्ष र योग्य बनाउन टेवा दिन्छ । नगरपालिकाले एइइको नतिजा सुधार गर्नको लागि केही समय पहिला गणित, विज्ञान र अंग्रेजी विषयको नतिजा उपलब्ध गराउन पत्रचार समेत गरेको थियो । यस्ता कार्यले विद्यालयलाई थप जिम्मेवार बन्न ढकढकाउँछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button