आफ्नै लगानीमा पुल बनाउन जुट्यो शुक्लागण्डकी

जिल्लाको शुक्लागण्डकी नगरपालिकाले आफ्नै लगानीमा पक्की मोटरेबल पुल बनाउन जुटेको छ । शुक्लागण्डकी–२ र १ नम्बर वडालाई जोड्नेगरी गुबे खोलामा पक्की मोटरेबल पुल बनाउनलाई नगरपालिकाले सुरु गरेको छ ।

केन्द्र र प्रदेश सरकारले पुल निर्माण गर्न चासो नदेखाएपछि साविकको थप्रेक गाविस बासीलाई वडाको केन्द्रदेखी नगरको केन्द्रसम्म सहज सडक सञ्जालको पहुँचमा ल्याउने उदेश्यले निर्माण गर्न लागिएको पक्की मोटरेबल पुलको शिलन्यास गरिएको छ । शुक्लागण्डकी नगरपालिका प्रमुख किसान गुरुङ, उपप्रमुख सविता रसाईली, प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदी लगायतले संयुक्त रुपमा शिलन्यास गरे ।

नगरबासीलाई आधारभुत सेवा र सुविधा उपलब्ध गराउन लागीपरेको नगर प्रमुख गुरुङले बताए । उनले भने, ‘सडक कालोपत्रे भएर पुल बनेर मात्र त सम्बृद्धी आउनेवाला छैन् । तैपनि नभई हुदैन् । सम्बृद्धीका लागी उत्पादनसंग जोडिनै पर्छ ।’ कृषी र पशुपालनमा लागेर आर्थिक सम्बृद्धीसंगै बसाईसराई रोक्न सकिने उनको भनाई थियो । पुल बनेपछि थप्रेकबासीले उत्पादन गरेको कृषि उपज बजारमा पु¥याउन सहज हुने नगरप्रमुख गुरुङले बताए ।

उपप्रमुख रसाईलीले जनताको पिडाबोध गरेर नगरले आफ्नै लगानीमा पुल निर्माण थालेको बताईन् । उनले नगर क्षेत्रमै पनि भौगलिक विकटताका कारण बिकासको क्रमलाई अगाडी बढाउन समस्या भएको उल्लेख गरिन् । प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले समयमै गुणस्तरिय काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिए ।

नगरपालिकाका इञ्जिनियर तारापति भट्टराईका अनुसार यहाँ सिंगल स्पिानको आर्क डिजाइनमा पुल बन्नेछ । उनका अनुसार पुल २० मिटर लामो र ६ मिटर चौडा हुनेछ । आगामी जेठ मसान्तसम्म पुल निर्माण सक्नेगरी बबुल अब्जल खान जेभी स्याङजाले एक करोड ४७ लाख ४८ हजार ७ सय ७१ रुपैयाँमा ठेक्का लिएको हो । पुल निर्माण गर्न नरपालिकाले गत आर्थिक बर्षमा ६० लाख रुपैयाँ र चालु आर्थिक बर्षमा ९० लाख रुपैयाँ विनियोजन भएको भट्टराईले बताए ।

गुबे खोलामा पुल नहुदाँ थप्रेकबासीलाई बर्खाको समयमा निकै समस्या हुने गरेको लालध्वज मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष डिल्लीराम अधिकारीले बताए । उनले आफुहरु पुल निर्माण गर्नलाई शिलन्यास हुदाँ पनि हर्षित भएको सुनाउदै भने, ‘काममा ढिलासुस्ती नहोस् । आगामी बर्खामा पुल तरेर हिँड्न पाईयोस् ।’

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button