एमाले अध्यक्ष ओलीसँग नेता जोशीको भेटघाट ओली बहुमुखी प्रतिभाको धनी भएको भनाई

दमौली खबर संवाददाता

दमौली, चैत्र ०१

तनहँु १ मा उपनिर्वाचनको तयारी भइरहेका बेला नेकपा एमाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई युवा नेता दीपकराज जोशीले भेट्नु भएको छ । भेट ओलीसँगको भेटमा जोशीले समसामयीक राजनीतिक मुद्दाहरुमा छलफल भएको छ । रामचन्द्र पोडेल राष्ट्रपति भएपछि उपनिर्वाचनको तयारी भईरहेको यस भेटलाई अर्थपूर्ण रुपमा लिईएको छ ।

जोशीले भेटबारे खुलाउँदै सामाजिक संजालमा अध्यक्ष वलीको प्रशंसा समेत गर्नु भएको छ । अध्यक्ष ओली बहुमुखी प्रतिभाको धनी भएको जोशीले भनाई राख्नु भएको छ । राजनीतिका अतिरिक्त अन्य धेरै प्रतिभाको जोशीले धारणा राख्नु भएको छ ।

भेटको बारेमा नेता जोशीले भन्नुभएको छ ‘फरक व्यक्तिहरुले फरक फरक विचारधारा राख्ने र नेपालको समकालीन राजनीतिमा उहाँ जत्तिको बहुमुखी ज्ञान भएको अरु कुनै नेता भेटेको छैन’ । जोशीले एमाले भयो भन्ने साइबर मुसाहरु निस्कने जब सम्म तपाईं सही लाई सही गलतलाई गलत भन्ने हैसियत राख्नु हुदैन तब सम्म समाज रूपान्तरण हुदैन समेत भन्नु भएको छ । जोशीले राजनीतिलाई फरक ढङ्गले हेर्न,बुझ्न र फरक तरिकाले काम गर्दै अगाडि बढ्नु पर्ने बेला आएको बताउँदै सोच बद्लिएन भने केही पनि नबद्लिने समेत सामाजिक संजालमा जोशीले भन्नु भएको छ । स्थानीय तहको निर्वाचन जोशीले व्यास नगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिनु भएको थियो । उहाँ थोरै मतान्तरले पराजजित हुनु भएको थियो । स्वतन्त्र उम्मेदवारी दिनुभएका जोशीलाई एमालेले सहयोग गरेको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button