वित्तिय जोखिम स्वमुल्यांकनमा म्याग्दे गाउँपालिका प्रथम

दमौली खबर संवाददाता

दमौली, चैत्र ०१

वित्तिय जोखिम स्वमुल्यांकनमा तनहुँमा म्याग्दे गाँउपालिका प्रथम भएको छ । ८३ अंक प्राप्त गरी जिल्लाका दश पालिका मध्ये म्याग्दे प्रथम भएको हो ।

स्थानीय रकार संचालन ऐन २०७४ को दफा ८० को प्रयोजनका लागि संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले गरेको स्थानिय तह संस्थागत स्वमूल्यांकनमा म्याग्दे गाँउपालिका तनहुँमा पहिलो पालिका वनेको हो ।

स्थानीय तहका कार्यप्रक्रिया र उपलव्धीहरुको वारेमा लेखाजोखा गरी सवल र दुर्लभ पक्षहरुको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमी कमजोरीहरुको जानकारी लिन, आवद्यिक समिक्षाको आधार प्राप्त गर्न र गाँउपालिका तथा नगरपालिकाहरुको वीचमा तुलनायोग्य सूचकहरु तर्जुमा वित्तिय जोखिम स्वमुल्यांकन हुने गर्दछ ।

वित्तिय जोखिम स्वमुल्यांकनमा म्याग्देले कुल ८३ अंक प्राप्त गरेको छ । जसमा योजना वजेट तथा कार्यक्रम व्यवस्थापनमा १७.५, कार्यन्वयन क्षमता तथा व्यवस्थापनमा २५.५, लेखाङकन तथा प्रतिवेदनमा १६, अनुगमन मुल्यांकन तथा लेखापरिक्षणमा १३ र राजश्व व्यवस्थापनमा ११ नं प्राप्त गरेको छ भन नेपाल भरिका गाँउपालिकाहरु मध्ये उत्कृष्ठ समेत वनेको छ । यसैगरि लिजामा पनि ८७.७५ अंक प्राप्त गरि तनहुँ जिल्लामा नै म्याग्दे गाँउपालिका प्रथम वनेको छ ।

वित्तिय जोखिम स्वमुल्यांकनमा घिरिङ गाँउपालिका सवैभन्दा कमजोर देखिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button