महोत्सवलाई सफल पारौं

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँको आयोजना तनहुँको सदरमुकाम दमौलीमा जारी पाँचौँ आदिवासी जनजाति तनहुँ सास्कृतिक महोत्सव तीन दिन पुरा भईसकेको छ । जिल्लाको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न यस्ता महोत्सवले टेवा दिन्छ । दमौलीमा नै सञ्चालन गरिएको महोत्सव मध्य यो महोत्सव अन्तिम हुने सम्भावना छ । विपी स्मिृति खेल मैदानको निर्माण पुरा भईसके पछि यहाँ महोत्सव हुने सम्भावना कम हुन्छ । दमौलीको अनशन चौतारीमा रहेका खुला मैदान सानो भएकोले महोत्सव सञ्चालन गर्न सक्ने अवस्था पनि छैन । दमौली बजारभित्रै सञ्चालन गरिएको यस महोत्सवलाई स्मरणीय बनाउन सबैले सहयोग गर्नु पर्छ । अहिले पनि यहाँ महोत्सवको लागि अनुमति प्राप्त गर्न सहज थिएन । जे होस् आयोजकले व्यास नगरपालिकाको मद्धतमा स्थान भने पाउन सफल भएको छ । महोत्सवले हाम्रो रिती तिथीको संरक्षण गर्न अर्थात लोप हुनबाट जोगाउन विशेष टेवा दिन्छ । किनकी महोत्सवमा प्रस्तुति गरिने भएको प्रर्दशनको तयारी गर्नु अघि यसका जानकारहरुले सिकाउने हुनाले नयाँ पुस्ताले ज्ञान प्राप्त गर्छ भने देखेर युवा पुस्तालाई सस्कृति प्रति चासो पनि बढ्छ । मानिसको चहल पहल हुनाले स्थानीय स्तरमा उत्पापिद सामग्रीको खपत हुन्छ । महोत्सवमा विदेशबाट आयात गरिने मनोरञ्जनाका साधन तथा उपभोग्य सामग्रीलाई निरुसाहित गर्नु पर्छ त्यसले गर्दा स्थानीय उत्पादनको बिक्री गर्न सजह हुन्छ । कलाकारहरुलाई पनि मौलिक सस्कृति झल्किने पोशाख तथा गीत गाउन लगाउनु पर्दछ । यस्तो भएमात्रै महोत्सवले सार्थकता पाउँदछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button