व्यास नगर कोषाध्यक्ष पौडेलद्धारा राजीनामा

दमौली खबर संवाददाता
दमौली ,२३ असोज । नेपाली कांग्रेस व्यास नगर समितिका कोषाध्यक्ष नगेन्द्र पौडेलले राजीनामा दिनु भएको छ ।
पार्टीले न्यायोचित ढंगले टिकट वितरण नगरेको भन्दै पौडेलले साधारण सदस्यता नरहने गरी राजीनामा दिनु भएको हो ।
  पौडेलले राजीनामा पत्र जिल्ला सचिव लक्ष्मीभक्त खनाललाई बुझाउनु भएको छ । राजीनामा पत्रमा पौडेलले कार्यकर्ताको सम्मान नभएको बताउनु भएको छ । कोषाध्यक्ष पौडेल नेपाली कांग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेलका छोरा हुनुहुन्छ । पूर्वसभापति पौडेल प्रदेश सभा सदस्य तनहुँ क्षेत्र नम्बर १ क बाट आकांक्षी हुनुहुन्थ्यो । प्रत्यक्षमा उम्मेदवार बन्न चाहनु भएका उहाँले समानुपातिकमा समेत नपरेपछि पार्टीप्रति आक्रोश बढेको हो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button