नेता जोशीलाई कुट्नेलाई अझै कारबाही भएन शान्ति सुरक्षा कायम राख्नको लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन

राजेन्द्र परियार
दमौली खबर संवाददाता
दमौली, असोज १३ ।  युवा नेता दीपकराज जोशीलाई कुटपिट गर्नेको तीन महिना वितिसक्दा पनि अझै कारबाही भएको छैन । गत वैशाख ३० गते स्थानीय तहको निर्वाचनको समयमा व्यास नगरपालिकाकाको नगर प्रमुखका स्वतन्त्र उम्मेदवार बनेका नेता जोशीले आफूलाई कुटपिट भएपछि कारबाहीको लागि प्रहरी समक्ष जाहेरी दिनु भएको भएपनि कारबाही नभएको हो ।
सो घटनालाई लिएर नेता जोशीले प्रमुख जिल्ला अधिकारी समक्ष शान्ति सुरक्षा कायम राख्नको लागि बिहीबार निवेदन दर्ता गर्नु भएको छ । निवेदनमा मतदानका दिन व्यास नगरपालिका–८ स्थित साविक रिस्ती गाविस भवन फेदीमा रहेको मतदान केन्द्रमा अनुगमनमा पुग्दा त्यहाँ रहेको उच्छ्रिङ्खल तत्वले ममाथि संघातिक आक्रमण गरी घाइते तुल्याएको जनाईएको छ । घाईते भएपछि दमौली अस्पतालमा उपचारका लागि आउँदा त्यहाँ उपचार हुन नसकी पोखरा रिफर भएपछि फिस्टेलमा उपचारमा पठाएको र त्यहाँ पनि उपचार हुन नसकी काठमाण्डौ रिफर भै फ्रन्टलाइन हस्पिटलमा प्रारम्भिक उपचार गरेपछि त्यहाँबाट पनि थप उपचारका लागि भारतको न्यूदिल्ली गुरगाउँ स्थित मेदान्त हस्पिटलमा रिफर भई उपचार गरिएको जनाईएको छ ।
म मेदान्तमा उपचार गरी हाल फ्लोप अपको चरणमा नेता जोशी हुनुहुन्छ । ‘‘सो घटनाका सम्बन्धमा मैले जिल्ला प्रहरी कार्यालय दमौलीमा जाहेरी दिएकोमा हालसम्म कुनै सुनुवाई भएको छैन कारवाही अगाडि बढेको छैन’’ भनि निवेदनमा जनाईएको छ ।  सो घटनामा गोली हान्ने आदेश थियो भनेर नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले सार्वजनिक मिडियामा बोलेबाट म र मेरो परिवार माथि ती व्यक्ति तथा समूहबाट निरन्तर खतरा रहेको कुरा विगत घटनाबाट सार्वजनिक भएको तथ्य हो भनि निवेदनमा जनाईएको छ ।
 हाल पुनः संघ तथा प्रदेशको निर्वाचन २०७९ मंसिर ४ गतेलाइ तोकिएको अवस्था छ  । यो निर्वाचनमा म र मेरो परिवारबाट चुनाव प्रसार प्रसार र मतदान केन्द्र अनुगमनका लागि जानु पर्ने अवस्था भएकोले शान्ति र सुरक्षाको माग लिखित रुपमै प्रमुख जिल्ला अधिकारी समक्ष राखिएको हो ।  ‘नेपाली काँग्रेसका उच्च तहका नेताले गोली हान्ने आदेश थियो भनेर अपराधिक गतिविधिलाइ संरक्षण गरिरहेको अवस्थामा म र मेरो परिवारका लागि यस संसदीय निर्वाचनमा उच्च जोखिम र डर त्रास भय र धम्कीको अवस्था छ’ भनि निवेदनमा जनाईएको छ । निर्वाचन आचार संहिता २०७९ को दफा १३ (फ) को व्यवस्था विपरित यो ससदीय निर्वाचनमा पनि पुनः स्थानीय तह निर्वाचनको समयमा घटेको गतिविधि दोहोरिन सक्ने अवस्था विद्यमान रहेको हुँदा म र मेरो परिवारको सदस्यको जीउ धनको सुरक्षाा गरी चुनाव प्रचार प्रसार र मतदान केन्द्रको अनुगमन तथा मतदानको भय रिहत शान्तिपूर्ण वातावरणा निमार्ण गरी पाउँ प्रमुख जिल्ला अधिधकारीलाई बुझाईएको पत्रमा उल्लेख गरिएको छ ।
 साङ्घातिक आक्रमण गर्नेको कारबाही नभएकोले फेरी पनि त्यस्तो कार्य हुने अवस्थाको सृजना हुन सक्ने भएकोले निवेदन दिएको नेता जोशीले बताउनुभयो ।  निवेदनको बोधार्थ राष्ट्रिय मानव अधिकार आयोग हरिहर भवन पुल्चोक काठमाडौं, राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश पोखरा, हेल्लो सरकार सिंहदरबार काठमाण्डौ, निर्वाचन आयोग कान्तिपथ काठमाण्डौलाई दिईएको छ । नेपाली काँग्रेस जोशी समहु मंसीर ४ गतेको निर्वाचनको तयारीमा जुटी सकेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button