अस्पतालको पहुँच मोफसलमा पु¥यायौं

तनहुँ जिल्लामा रहेको अस्पतालहरुमा सामान्य बाहेका अन्य उपचारहरु हुँदैनन् । जटिल खालको उपचारको लागि तनहुँबासीहरु चितवन, पोखरा तथा काठमाडौंमा धाउनु पर्ने बाध्यता रहेको छ । तनहुँको सदरमुकाम दमौलीमा रहेको दमौली अस्पताल तथा बन्दीपुर गाउँपालिकाको बन्दीपुर बजारमा रहेको बन्दीपुर अस्पतालमा सामान्य उपचार मात्रै हुने भएकोले रिफर अस्पताल जस्तो बनेको छ । रिफर केन्द्र बनिरहेको अवस्थामा शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा स्थित जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा पित्त थैलीको पत्थरी सेवा सञ्चालन गरेर नयाँ कार्य सुरुवात भएको छ । गत बिहीबार गरिएको पत्थरी शल्यक्रिया सफल भएकोले सेवा प्रदान गरिएको हो ।  शुक्लागण्डकी–७ की ६१ बर्षिय कुमारी गाहामगरको पित्त थैलीको पत्थरीको मेजर अप्रेसन सफलतापुर्वक गरिनु जिल्लावासीको लागि खुसीको कुरा हो  ।
      जिल्लामै पहिलो पटक पत्थरी सफल अप्रेशन गरिएकोले खुसी हुनु स्वभाविक पनि हो ।  सर्जन डा.परिर्वतन बरालको नेतृत्वमा एनेसथेसियोलोजिष्ट डा.रमेश घिमिरे, डा.अभिषेक पौडेल नेतृत्वको टोलीले सफलता पुर्वक शल्यकृया हुनु जिल्लावासीको लागि ठुलो उपलब्धी हो । यस कार्यको लािग केन्द्रका निर्देशक डा. रामकुमार श्रेष्ठले उपचारमा सग्लन सबै चिकित्सक बधाईको पात्र बन्नु भएको छ ।  केन्द्रले २०७३ साल साउन देखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा तनहुँ,लमजुङ्ग,पाल्पा,स्याङजा,नवलपुर लगायतका जिल्लाबाट सेवा लिन बिरामी आउने गरेकोले यसको क्षमता विस्तार गर्ने हो भने धेरै जना लाभान्वित हुने थिए । तनहुँमा केन्द्रीय राजनीतिमा पहुँच पुगेका धेरै नेता भएकोले अस्पतालहरुको स्तरउन्नती गर्न ध्यान दिनु पर्ने देखिन्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button