चापाघाटमा स्कुटर र सुन चोरी

दमौली खबर संवाददाता
। व्यास नगरपालिका– ५ चापाघाट निवासी सुकु थापाको  सामान चोरी भएको छ  । थापाको घर वाट एउटा स्कुटर र २ तोला सुन चोरी भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।  च्यानल गेट भित्र चापी राखेर सधै वाहिर निस्कने गरेकी थापाको घरको वारेमा आनी वानी थाहा भएकै व्यक्तिले चोरी गरेको हुन सक्ने अनुमान गरिएको छ । नकाव लगाएका २ जनाले सामान चोरी गरेको त्यही नजिकैको सिसी टिभी क्यामेराको फुटेजवाट देखिएको छ  । थापा माइती गएको वेला वुधबार राती घरवाटै ग २१ प १९५ नम्बरको एप्रिला रातो कलरको स्कुटर र सुन चोरी भएको  प्रहरीले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button