प्रथम महिला खुल्ला हाफ म्याराथन हुने

जिल्लाको व्यास नगरपालिकाले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा फागुन २४ गते हाफ म्याराथन गर्ने भएको छ । विगतर चार वर्ष देखि अल्ट्रा म्याराथन गदै आएको नगरपालिकाले पहिलो पटक महिला खुल्ला हाफ म्यारथन गर्ने भएको हो । विहिबार पत्रकार सम्मेलन गदै नगरप्रमुख वैकुण्ठ न्यौपानेले अल्ट्रा म्याराथनको सफलताका कारण साहासिक पर्यटकीय खेलको रुपमा रहेको दौड प्रतियोगितामा महिला सहभागिताको महत्वलाई महसुस गरी आयोजना गर्न लागिएको बताए ।

उनले भने,‘ व्यास अल्ट्रा म्याराथनले गर्दा मानहँुकोटको प्रर्वद्धनमा ठूलो देन छ । महिला सहभागिताको महत्वलाई महसुस गरी गत वर्ष आयोजना गर्ने भनिएको थियो । तर कोरोनाले स्थगित भयो । ’ अन्तराष्ट्रिय नारी दिवस मार्च ८० का व्यास नगरपालिका वडा नं ३ को धार्मिक महत्वपुर्ण स्थान व्यास गुफाबाट जिल्लाको ऐतिहासीक स्थल व्यास ११ तनहुँसुर दरवार सम्म २१ कि.मी हाफ म्याराथन गर्न लागिएको उनले बताए । महिला खुल्ला हाफ म्याराथनमा महिला सहभागिहरुको उत्साहजनक सहभागिता रहने अपेक्षा गरेको समेत उनले बताए ।

प्रतियोगितामा प्रथम हुनेलाई ४१ हजार ७७ , द्धितियहुनेलाई ३१ हजार७७, तृतीय हुनेलाई २१ ह्जार ७७ र सान्त्वना हुने ५ जनालाई जनहि ११ हजार ७७ पुरस्कार प्रदान गरिने भएको छ । म्याराथनका व्यास गुफा देखी सफासडक हुदै ट्राफिक चोक, भोर्लेटार चोक, पृथ्वी राजमार्गको तालघरे, मुसेखोला, घाँसीकुवा, पराशर मार्गको सेरा, वेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, गंगलथोक, पत्यारथोक,चण्डीथान, गद्दीचौतारा हुदै व्यास नगरपालिका वडा नं ११ स्थित ऐतिहासीक तनहुँसुर दरवारमा गए टुङ्गिने भएको छ । म्याराथन रुटमा खेलाडिहरुबाट नियम सम्मत रुपमा दौड सम्पन्न गर्नका लागि विभिन्न ५ स्थानमा चेकपोइन्ट राखिने भएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button