महिलाहरु स्वरोजगार बनाउन बुटिक तालिम

दमौली खबर संवाददाता

दमौली, फागुन २९

तनहुँको व्यास नगरपालिकाले महिलालाई स्वरोजगार बनाउन मद्धत गर्दै आईरहेको छ । यस क्रममा वडा नम्बर ३ देउरालीनगरमा २० दिने बुटिक तालिम प्रदान गरिएको छ ।

व्यास नगरपालिकाको सहयोगमा नेपाल मगर संघ, व्यास नगर समिति तनहुँद्वारा आयोजित २० दिने हाते बुटिक तालिम प्रदान गरिएको हो । सो तालिममा २२ जना महिलाहरुको सहभागिता रहेको थियो ।

महिलाहरुलाई आत्मनिर्भर र स्वरोजगारका अवसरहरु सृजना गर्ने बाटो खुलेको हो । तालिममा सहभागी दिलुमाया थापाले तालिम अपुग भएको भन्दै ३ महिनाअरु थप गर्नुपर्ने माग महिलाको छ । तालिममा सहभागी विष्णु थापाले बुटिक तालिम लिएपछि आफुहरु जनजातिका भेषभुषा झल्किने कपडाहरु उत्पादन गरी बिक्री वितरणमा गर्ने सपना पुरा भएको बताउनुभयो । सो तालिमको व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैले समापन गर्दै यस्ता तालिमले महिलाहरुलाई आत्मनिर्भर बनाउने बताउनुभयो । नगरपालिकाले उपेक्षित महिला, दलित, अपाङ्गता भएका व्यक्तिहरुका लागि लक्षित कार्यक्रम अन्तर्गत उनीहरुलाई स्वरोजगारमुखी बनाउने कार्य गर्दै आएको छ उनले भनिन । नेपाल मगर संघ व्यास नगर समितिकी अध्यक्ष रिमा आलेको सभापतित्वमा भएको कार्यक्रममा वडा नं. ३ का अध्यक्ष अनुप राना, वडा सदस्य बिनु श्रेष्ठ, श्रीमाया वि.क., तनहुँ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिकी अध्यक्ष शकुन्तला आले, नेपाल मगर संघ तनहुँका अध्यक्ष मनिराज थापा मगर, रिपोटर्स क्लब नेपाल गण्डकी प्रदेशका अध्यक्ष मदन वाग्ले, मगर नेतृ मिना थापा, विद्यार्थी नेता विजय थापा, मगर नेताहरु सोमबहादुर थापा, इन्द्रबहादुर थापा, तिलबहादुर थापा, लगायतकाले यस्ता तालिमलाई निरन्तरता दिनुपर्ने बताएका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button